![]() |
१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा धर्ना दिएर संविधानसभाको टिकट नपाइने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बैठकको समापनका अवसरमा सोमबार मन्तव्य व्यक्त गर्दै प्रचण्डले नेताहरुलाई भन्नुभयो- ‘तपाईहरु फिल्डमा गएर कार्यकर्ता र जनताको विश्वास जितेर आउनोस्, धर्ना बसेर टिकट पाइँदैन ।’
‘यो स्थायी कार्यविभाजन होइन, सुन जोखेजस्तो गरेर कार्यविभाजन गरिएको पनि होइन ।’ प्रचण्डको समापन भाषणलाई उधृत गर्दै एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘कार्यविभाजनमा चित्त बुझेर भनेर गुनासो नगरी मिलेर सबैजना चुनावमा खटौं ।’
सोमबार सम्पन्न एमाओवादी बैठकले पूर्वी ब्युरो इञ्चार्जमा वर्षमान पुन अनन्तलाई खताएको छ । पुनलाई पूर्वी तराईबाट चुनावमा उठाउने योजना अनुरुप पूर्वी ब्यूरोको जिम्मेवारी दिइएको हो । त्यस्तै मध्यपश्मिचम ब्यूरो इञ्जार्चमा कष्णबहादुर महरालाई खटाइएको छ । हाँले दाङबाट चुनावको नेतृत्व गर्नुहुनेछ ।
पश्चिम ब्यूरो प्रमुखमा टोपबहादुर रायमाझी र सुदूरपश्चिम प्रमुखमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ । अन्तराष्ट्रिय ब्युरो प्रमुखमा दीनानाथ शर्मालाई ल्याइएको छ । विशेष ब्युरोमा जनार्दन शर्मालाई पूर्ववत् जिम्मेवारी दिइएको छ भने युवा ब्युरो इन्चार्जमा नन्दकिशोर पुन पासाङ र सूचना तथा सञ्चारमा अग्नि सापकोटालाई कायम राखिएको छ ।
‘बैठकले चुनाव केन्दि्रत कार्यविभाजन गरिएको छ’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’यो कार्यविभाजन संगठनात्मक सम्मेलन नहुँदासम्मका लागि अल्पकालीन हो ।’
राज्य इञ्चार्ज र संयोजक तोकिए
एमाओवादी बैठकले देशैभरि राज्य समितिका इन्चार्ज र संयोजकहरु पनि तोकेको छ । जिल्ला सम्मेलन हुन बाँकी रहेकाले विधानबमोजिम जिल्ला सचिव बनाउन नमिलेपछि सचिको काम राज्य संयोजकले गर्ने भएका छन् ।
नयाँ राज्य इन्चार्ज र संयोजकहरुमा सेती-महाकालीमा क्रमशः लेखराज भट्ट र खगराज भट्ट, भेरी-कणर्ालीमा कालिहादुर मल्ल र डिआर पौडेल, थारुवानमा नवराज सुवेदी र अपारलाई जिम्मेवारी दिइएको छ भने मगरातमा लोकेन्द्र विष्ट र गिरिधारीलाल न्यौपाने, तुमवानमा भीमप्रसाद गौतम र हरि अधिकारी, नेवामा देवेन्द्र पौडेल र झक्कु सुवेदी, ताम्सालिङमा आहुती र नारायण दाहाल, मिथिलामा विश्वनाथ साह र श्रवण यादवलाई खटाइएको छ ।
अवध राज्य इञ्चार्ज र संयोजकमा चन्द्रप्रकाश खनाल (बलदेव) र वामदेव क्षेत्री, भोजपुरामा प्रभु साह र छत्र श्रेष्ठलाई खटाइएको छ । त्यस्तै किराँतमा हिमाल राई र बालकृष्ण ढुंगेललाई इञ्चार्ज र संयोजक ताकिएको छ भने लिम्बुवानमा टंक आङबुहाङ र हेमराज भण्डारी, कोचिलामा गोपाल किराँती र कुमार पौडेल, प्रवासमा विष्णुहरि शर्मा र टीबी पाठक, स्कुलिङमा स्वनाम साथी र हेमन्तप्रकाश ओली तथा उत्पादन सहकारीमा हरिबोल गजुरेल र डा. डिल्लीराज खनाललाई इञ्चार्ज र संयोजक तोकिएको छ ।
एक महिने अभियान र वक्ता टोली
केन्द्रीय समितिको बैठकले असोज १५ गतेसम्म एक महिने अभियान चलाउने निर्णय गरेको छ भने पार्टी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाशसहितको १५ सदस्यीय वक्ता टोलीसमेत तोकेको छ ।
वक्ता टोलीमा पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हिसिला यमी, उर्मिला अर्याल, हरिबोल गजुरेल, राम कार्की, डिलाराम आचार्य, रामकुमार शर्मा, भीमबहादुर कडायत, उर्मिला अर्याल र पदम विश्वकर्मालाई खटाइने भएको छ । चुनावी अभियानकै क्रममा असोज १० गते उम्मेदवारी दर्ता गरेपछि प्रत्येक जिल्ला सदरमुकाममा सभा गरिने माओवादीले जनाएको छ ।
उमेद्वार छनौट समितिमा रामचन्द्र झा थपिए
बैठकले मधेस ब्यूरो प्रमुख रामचन्द्र झालाई उम्मेदवार छनौट समितिमा तानेको छ । त्यसैगरी घोषणा पत्र मस्यौदा समितिमा लोकेन्द्र विष्टलाई थप गरिएको छ । सल्लाहकारहरुको जिम्मेवारी भने तत्कालै सल्लाहकार समितिको बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
चुनावका लागि सांस्कृतिक टोली बनाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको छ । अभियानका क्रममा केन्द्रीय कार्यालयको जिम्मेवारी पूर्वपदाधिकारी प्रचण्ड, बाबुराम, प्रकाश र पोष्टबहादुर बोगटीले सम्हाल्ने बैठकको निर्णय छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला