![]() |
काठमाडौं, आश्विन ३ - अमेरिकी
एअरफोर्सको विशेष विमान सी-१७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केही समयका लागि आएर फर्केको छ । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले नेपालस्थित अमेरिकी दूतावासका लागि केही सामान ल्याएको सो विमान अवतरणका लागि पूर्वस्वीकृति लिइएको बताए ।
'परराष्ट्र, रक्षा हुँदै हामीलाईसमेत पूर्वजानकारी आएको थियो,' उनले भने, 'दक्षिण एसियाली मुलुकमा रहेका अमेरिकी दूताबासका सामान लिएर आउने क्रममा यहाँ पनि आएको हुनसक्छ ।' विमानस्थल सुरक्षा प्रमुख नेपाल प्रहरीका नायव महानिरीक्षक *डीआइजी) गोपाल भण्डारीका अनुसार विमानको सुरक्षा मेजर (सेनानी) को कमाण्डमा रहेको एक सैनिक टोलीले गरेको थियो ।
विमानस्थलमा २ बजेर २० मिनेट जाँदा अवतरण गरेको विमान ५ बजेर १० मिनेटमा उडेको भण्डारीले जनाए । 'सैनिक टोलीले स्वीकृति लिएर आएको हो, सुरक्षा व्यवस्था हामी हेर्छौ भनेपछि हामीले अनावश्यक चासो दिएनौ,' उनले भने । विमानबाट झिकिएका केही समान एउटा पिकप र एउटा कारमा राखेर सेनाकै सुरक्षामा बाहिर निकालिएको थियो ।त्यति थोरै सामानका लागि अमेरिकी एअर फोर्सको त्यति ठूलो विमान किन आयो? आश्चर्य लागेको छ,' विमानस्थल सुरक्षास्रोतले भन्यो । के सामान हो भन्ने ? प्रहरीको जिज्ञासामा सैनिक टोलीले 'हामीलाई पनि थाहा छैन' भन्ने प्रतिक्रिया दिएको स्रोतले बतायो । विमान भारतको राजधानी नयाँदिल्ली हुदै काठमाडौ आएको हो । नयाँदिल्लीस्थित अमेरिकी दूताबासका लागि समेत केही सामान झारेर विमान यता आएको स्रोतले बतायो । ekantipur
'
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला