Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 24, 2013

अख्तियारले खल्लो बनायो आयल निगमका हाकिमहरुको दसैँ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
८ असोज, काठमाडौं । जब दशैंको मौसम आउँछ, आयल नियमका हाकिमदेखि सामान्य कर्मचारीसम्म खुशीको दिन शुरु हुन्छ । राष्ट्रको ढिकुटीबाट अनुदान लिएर पनि घाटामा चल्ने गरेको निगममा दशैं लागेपछि महिला कर्मचारीलाई साडी चोलो र पुरुषलाई दौरासुरुवाल, सर्ट पाइन्टदेखि लिएर मासुभातमा लाग्ने खर्चपर्चसमेत बोनसका रुपमा वितरण गरिँदै आएको छ । तर, यसपालिको दशैंमा भने निगमका ठूला हाकिमहरुले अख्तियारको हिरासतमा दशैं मनाउनुपर्ने भएको छ ।
लगातार घाटामा रहेको नेपाल आयल निगमले अनियमित तरिकाले बोनस बाँडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार्यकारी निर्देशक अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले रहेका छन् ।
निगमले ०६५ सालमा भएको नाफावापतको बोनस हालै वितरण गरेको समाचार सार्वजनिक भएको थियो । निगमले ०६५ सालमा नाफा भएको भनिएको रकमबाट बोनस वितरण गरे पनि निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अख्तियारले ०६५ सालमा नै निर्देशन दिएको थियो ।
निगम सञ्चालक समितिको ०६७ साउन ५ को बैठकले निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्ने निर्णय गरेको थियो । तर, सञ्चालक समितिको निर्णय विपरीत निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट ०६५ सालको नाफा भन्दै बोनस वितरण गरेकाले अनुसन्धानका क्रममा निगमका अधिकारीहरुलाई हिरासतमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभएको छ ।
अख्तियारले निगमका काठमाडौं स्थित कर्मचारीलाई हिरासतमा लिए पनि बिराटनगरलगायतका क्षेत्रीय कार्यालयहरुमा पनि निगमलाई घाटा लगाएर कर्मचारीलाई पैसा र लत्ताकपडा बाँड्ने प्रचलन यथावत छ ।स्रोत :onlnekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला