![]() |
भिडियो हेर्न माथि क्लिक गर्नुहोस
काठमाडौं, भाद्र २८ - भारतको नयाँदिल्लीमा गत वर्षको डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारको घटनामा विशेष अदालतले चार अभियुक्तलाई मृत्युदण्ड दिएको छ ।
बलात्कारी विनय शर्मा,२०, पवनकुमार गुप्ता,१९, अक्षयकुमार ठाकुर,२८, र मुकेश,२६, लाई अदालतले मृत्युदण्ड दिएको हो । अदालतले बलात्कारको घटनालाई 'रेयरेस्ट अफ रेयर' को संज्ञा न्यायाधीश योगेश खन्नाले दिएका छन् । अदालतले मृत्युदण्डको फैसला गरेपछि भारतमा हलचल मच्चाएको छ । सामूहिक बलात्कार पीडित मेडिकल विद्यार्थीको मृत्यु भएको थियो ।
बलात्कार पीडित युवतीका आमाबाबुले दोषिलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरेका थिए । फैसलाअघि भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनकी आमाले भनेकी थिइन्- 'आशा छ आज हामीले न्याय पाउँछौं
बाबुले पनि मृत्युदण्डभन्दा कमको सजाय नहुनेमा आफू आशावादी रहेको बताएका थिए । 'आज म नयाँ आशाका साथ घरबाट निस्किएको छु, मेरी छोरीले न्याय पाउनेछिन् । यसको सजाय फाँसी नै हुनेछ ।'
मृत्युदण्डको सजाय पाएका विनय शर्माकी आमा चम्पादेवीले न्यायाधीशले आफ्नो छोरालाई सुध्रने मौका दिनेछन् । 'भगवानले त सुध्रने मौका दिन्छन्,' उनले भनेकी थिइन्, 'मलाई आशा छ अदालतले मेरो छोरालाई पनि दोस्रोपटक सुध्रने मौका दिनेछ ।'
चम्पादेवीले आफ्नो छोरा विनय र पवन भने साथीको लहैलहैमा फसेको दाबी गरेकी छन् ।
बलात्कार मुद्दामा अभियुक्तको पक्षमा बहस गर्ने वकिलहरुले पटक पटक गान्धी र गौतम बुद्धको नाम लिएका थिए ।
मुकेशका वकिल बीके आनन्दले महात्मा गान्धी र भगवान गौतम बुद्धको दर्शन पटक पटक लिएका थिए । 'भारत यस्तो देश हो जहाँ महात्मा गान्धी र बुद्धको दर्शनमा अडिएको छ,' बहस गर्दै ती वकिलले भनेका थिए, 'गान्धीले कहिल्यै पनि मृत्युदण्डमा विश्वास गर्नुभएन ।'
सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीको मुनिरका इलाकामा २३ वर्षीया पारा-मेडिकल छात्रालाई ६ युवकले बसभित्रै सामूहिक बलात्कार गरेका थिए । तीमध्ये एक अभियुक्त राम सिंहको ११ मार्चमा आत्महत्या गरेका थिए ।
एक जना आरोपी नाबालक भएकाले उनलाई तीन वर्षसम्म सुधार गृहमा राख्न आदेश दिइएको छ । बलात्कारको यो घटनाले पूरै भारत हल्लिएको थियो । त्यसको छिटा नेपालसँगै एसिया, यूरोप र अमेरिकासम्म पुगेको थियो ।
अदालतले शुक्रबार गरेको फैसलाको बीबीसी, सीएनएन, अलजजिराजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला