Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, September 25, 2013

मोबाइल नेटवर्कले नै काम गर्न छोड्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
लहान, असोज ८ गते । सिरहाको पूर्वी सिमाना र भारतीय सिमामा अवस्थित रहेको ठाडी वजारमा एनटिसी र एनसेल कुनै पनि मोवाईलको नेटवर्क काम नगर्दा ईनर्वा गाविसमा पर्ने ठाडी वजारका ७ र ८ वाडाका स्थानीयवासीहरु सास्ती खेप्न वाध्य भएका छन  । संचार,  शिक्षा, व्यापार र सिमाना अतिक्रमणको समस्यावाट समेत ठाडी वासी पिडित रहेको धारणा राजनितिक दलका नेताहरु समक्ष चुनावको मुखमा दर्शाउन थालेका छन ।  
    ठाडी वजारका स्थानीय व्यापारीहरुले नेटवर्कको समस्या खेपीरहेको स्थानीयवासीहरुले कैयो पटक सम्वन्धित निकायमा जानकारी गराउदा पनि समस्या जिउँको तिउँ रहेको छ । मोवाईल सम्पर्कको लागि वजारवाट एक किलोमिटर उत्तरमा गएर सम्पर्क गर्नु परिरहेको लहान क्याम्पसमका प्रध्यापक कन्हैया भट्टले जानकारी दिनु भयो । उहाँको अनुसार भारतीय सिमानामा रहेको ठाडी वजारका व्यापारीदेखि सर्वसधारणसम्म मोवाईलको समस्या मात्रै होईन अन्य सेवा सुविद्यावाट समेत वञ्चित रहेका छन  । 
    स्थानीय शिवजी मण्डलका अनुसार नेपालको नागरिकता हामीसंग भएपनि ९० प्रतिशत ठाडी वासीहरु भरतीय रुपैयाँको कारोवार गर्छ भन्ने हरेका सम्मान खरिद विक्री हुँदा भारतीय रुपैयाँमा नै हुने गरेको छ । ठाडी वजारमा रहेको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरु भर्ना रहेपनि   पढन भरतीय लौकहा वजार नै जाने गरेको छ । अधिकांश विद्यार्थीहरु नेपाली भाषा भन्दा हिन्दी भाषा नै वढी वाृेल्ने गरेका छन । ठाडी वजारका व्यापारीहरुले राजश्व कार्यालयमा कर  तिरेपनि सुपारी लगायत अन्य समानहरु नेपाल प्रहरीले ल्याउन नदिदा वजारको व्यापार चौपट्ट नै भएको छ । 
    ठाडी वजारमा माँ दुर्गा क्लवले आफनै सिमामा बनाएको कलभर्ट भारतीय पक्षले अतिक्रमण्म गर्दा पनि यस क्षेत्रका नेताहरुलाई जानकारी गराउदा पनि कसैले पनि मुख नखोल्नु विडम्वना भएको ईनर्वा गाविसका पूर्व अध्यक्ष धनेश्वर यादवले बताउनु भयो । उहाँले चुनावको वेला मात्रै गाँउ पस्ने नेताहरुलाई यस पाली ठाडी वजारको विकासको लागि साझ प्रतिवद्धता जनाए मात्रै गाँउ पस्न दिने तयारी गरिरहेको यादवले बताउनु भयो ,।  
    एमाओवादीका सिफारिस उम्मेदवार जितेन्द्र कुमार यादव  प्रचार प्रसारमा ठाडी वजार पुग्दा स्थानीयवासीहरुले भेला भएर पिडा पोख्दै भन्नु भयो – चुनावमा तपाईहरु मात्रै आउनुहुन्छ अरु वेला अनुहार नै देख्दिन । गएको संविधान सभामा यहि गाविसका गाविस अध्यक्ष समेत रहनु भएका राजलाल यादव सभासद भएपनि हाम्रो समस्या समाधान भएन । ठाडीका व्यापार प्रवर्धन लगायत अन्य कामा ध्यान दिनु भएन । तपाईले गर्नु होला के ग्यारेण्टी भन्ने प्रश्न स्थानीयवासीहरुले एकै स्वरमा तेर्साउनु भयो । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला