Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 23, 2013

विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली बेक्ती अर्थात अमेरिकी राष्ट्रपति बारुक ओबामा चढ्ने गाडी यस्तो रहेछ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                       भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वका नम्वर वान व्यक्ति अमेरिकी राष्ट्रपति बाराक ओबामाको जिवनशैली कस्तो होला ? यो विषय दुनियाभरकै चासोको विषय हो । ओबामाले खाँदा पनि, शौच गर्दा पनि, डुल्दा पनि, खोक्दा पनि तथा हाँस्दा पनि त्यो समाचारको विषय बन्छ । बाराक ओबामाले चढ्ने बस कस्तो छ होला ? अर्थात् उनका लागि अमेरिकी सरकारले दिएको सरकारी गाडी कस्तो छ होला ? यो हाम्रोलागि जिज्ञासाको विषय हो ।
b1b2
बाराक ओबामाका लागि संसारकै सबैभन्दा महंगो कार चढूँ भनेपनि नपुग्ने केही छैन । तर उनी देश दौडाहामा निस्किँदा प्रायः उनको आफ्नो लक्जरी बस चढ्ने गर्छन् । अत्याधुनिक सुविधासम्पन्न त्यो लग्जरी बस निकै शानदार छ । यो बस पूरै रुपमा हतियार तथा सुरक्षा प्रविधिले युक्त छ ।
b2
ओबामाको यो बसको मूल्य झण्डै ११ लाख डलर पर्छ । अमेरिकामा यस्ता खालका केवल दुइ वटा मात्र बस रहेको बताइन्छ । जसमध्ये एउटा ओबामाको छ भने अर्को विपक्षी दल रिपब्लिकनका प्रमुखको ।
b3b3
यो बसमा पंचर नहुने टायर छ । बसभित्र राष्ट्रपतिका लागि सुत्ने, बस्ने, आराम गर्ने तथा काम गर्नका लागि समेत प्रसस्त ठाउँ छ । यो बसमा कालो सिसा रहेको कारण बाहिरबाट भित्र रहेको व्यक्ति देख्न सकिँदैन तर भित्रको व्यक्तिले बाहिरको सबै कुरा प्रष्टै देख्छ । यसको सिसा गोली प्रतिरोधी छ । बसमा अत्याधुनिक सूचना प्रविधि सेवा पनि छ । ओबामाले यो बसभित्रैबाट महत्वपूर्ण सन्देश तथा घोषणा लाइभ गर्न सक्छन् र त्यो सिधै संचारमाध्यमबाट प्रशारण हुन सक्छ ।b5
sorce     onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला