Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 24, 2013

यौन क्रिडा बढाउन भियग्रा ट्याब्लेट खाँदा लिंगनै काट्नु पर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।viagra
viagra
कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।
शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।source :onlin khabr 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला