![]() |
image.jpg.pagespeed.ce.BvYLD6-6rQगैरकानुनीरुपमा सेक्युरिटी गार्डको रुपमा काम गरेको भेटिएपछि उनीहरुलाई गत बिहीवार मलाक्का सहरस्थित कार्यस्थलबाटै पक्राउ गरिएको मलेसियाको दैनिक पत्रिका न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
ड्युटी परिवर्तन गर्ने बेलामा उनीहरुको ड्रेस चेन्ज गर्ने स्थानमा छापा मारेर पक्राउ गरिएको सो राज्यका इमिग्रेसन बिभाग प्रमुख अबु बकर हसनले जानकारी दिनुभयो ।
मलेसियामा सेक्युरिटी गार्ड सेवामा बहुसंख्यक नेपालीले काम गर्दै आएका छन् । प्लान्टेसन लगायत अन्य भिषामा मलेसिया पुर्याइ दलालले सेक्युरिटी गार्डमा काम लगाइदिने गरेका कारण उनीहरु अबैधानिक हुन पुग्छन् ।
पछिल्लो पटक सुरु गरिएको तीन महिने धरपकड अभियानको तेस्रो हप्ताभित्रै हजारौं बिदेशी कामदार पक्राउ परिसकेका छन् । ‘अबैधानिक बिदेशी कामदारलाई बढार्ने’भन्दै मलेसियाले धरपकड अभियान सुरु गरेको हो । अघिल्लो बर्ष दिइएको आममाफी कार्यक्रममा रजिष्टर भए पनि स्वदेश फर्किने वा त्यही बसेर बैधानिक अबसरमा सहभागी नभइ सम्पर्कबिहीन भएका कामदारलाई लक्षित गरि यो धरपकड सुरु गरिएको हो । त्यसरी दर्ता भएर सम्र्पकमा नआउने करिव १० हजार नेपाली रहेको दूतावास स्रोतले जानकारी दियो ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला