![]() |
१३ असोज, काठमाडौं । आयरल्याण्डको राजधानी डब्लिनमा आयोजित नेपालसम्बन्धी जानकारी दिने फोटो प्रर्दशनी हेर्न आइरिस नागरिकका साथै गैरआवासीय नेपालीहरुको भीड लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर शुरु गरिएको फोटो प्रर्दशनी असोज २९ गतेसम्म चल्ने छ ।प्रर्दशनीको मुख्य उद्देश्य नेपालका सुन्दर स्थान एवं कला संस्कृतीबारे आयरल्याण्डवासीलाई जानकारी गराउने र उनीहरुलाई नेपाल भ्रमण गर्न उत्साहित गराउने रहेको छ ।Photo-pardasani-Final
प्रर्दशनीमा विभिन्न हिमाल, दरबार, राष्ट्रिय निकुञ्ज, जनावरका साथै नेपाली जनजीवन र कला संस्कृतिसँग सम्बन्धित तस्वीरहरु राखिएका छन् । फोटो प्रर्दशनी हेर्न आउने आयरल्याण्डबासीहरुले ‘आहा ! कति राम्रो रहेछ नेपाल’ भन्दै फर्किने गरेको नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले बताउनुभयो । फोटो प्रर्दशनीले नेपालको पर्यटन विकासमा सघाउ पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।Showmbhu-Final
‘विदेशीहरुले नेपाल भन्नेवित्तिकै हिमाल सम्झन्थे’ समाजका अध्यक्ष शाक्यले भन्नुभयो- ‘फोटो प्रर्दशनीले उनीहरुको उक्त भ्रम हटाएर नेपालको विविधताका बारेमा जानकारी गराउन सघाउ पुर्याएको छ ।’ अवलोकनकर्ताहरुले नेपालको हिमाल बाहेक कला र संस्कृतीका बारेमा समेत जान्ने मौका पाएको उहाँको
भनाइ छ । प्रर्दशनीको पहिलो र दोस्रो दिन उल्लेख्य मात्रामा आइरिसहरु नेपाल हेर्न र जान्न उत्सुक देखिएको बताइएको छ । आएरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्थाहरु, नेपाली राजदुतावास बेलायत र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको प्रचार-प्रसारका लागि आइतबार ‘नेपाल दिवश’ मनाउन लागिएको शाक्यले जानकारी दिनुभयो । फोटो प्रर्दशनीले नेपालको पर्यटन विकासमा सघाउ पुर्याउने उहाँको विश्वास छ
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला