Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, September 15, 2013

सिरियामा २० हजार घरबार बिहिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सिरियासँग सीमा जोडिएको टर्कीको भूभागमा विस्थापित सिरियालीको शरणार्थी शिविर।सिरियासँग सीमा जोडिएको टर्कीको भूभागमा विस्थापित सिरियालीको शरणार्थी शिविर। तस्बिर : एपी/
जेनेभा – सिरियामा चलिरहेको संघर्षका कारण २० लाखभन्दा बढी मानिस घरबार छाडेर शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। शरणार्थीको यो संख्या ६ महिनाअघि दर्ता भएकाहरूको तुलनामा दोब्बर हो। अधिकांश सिरियालीले टर्की, जोर्डन, लेबनानलगायत छिमेकी मुलुकमा शरण लिएका छन्। लेबनानमा मात्रै सात लाखभन्दा बढी सिरियाली शरणार्थी छन्।
राष्ट्रसंघका अनुसार सिरियाबाट ५० लाखभन्दा बढी विस्थापित भएका छन्। यो सिरियाको कूल जनसंख्याको एक तिहाइ हो। राष्ट्रसंघका शरणार्थीसम्बन्धी दूत एन्टिनियो गुटरेसका अनुसार शरणार्थीहरूले असाध्यै दयनीय जिन्दगी गुजारिरहेका छन्। यी सबैमा पानी मात्रै पुर्‍याउन पनि कठिन भइरहेको छ। छिमेकी मुलुकसम्म विस्तारिक संघर्ष मध्यपूर्वमा विस्फोटको नजिक पुगिसकेको र तत्काल रोक्न अत्यावश्यक भएको उनले बताए। 
सिरियाका लागि राष्ट्रसंघीय दूत मुख्तार लमानीले देशभित्र जारी हिंसाका घटना नरसंहारतर्फ बढिरहेको चेतावनी दिएका छन्। 'सिरियामा जारी जातीय हिंसाले असाध्यै डरलाग्दो रूप लिइसकेको छ,' उनले बिबिसीसँग भने। 
सिरियासँग सीमा जोडिएको टर्कीको भूभागमा विस्थापित सिरियालीको शरणार्थी शिविर।
स्थानीयवासी ठूलो संख्यामा आफ्नो गाउँ र घर छाडेर हिँडिरहेका छन्। यसमा सुन्नी, अलवाइट र इसाईसमेत सामेल छन्। लमानीका अनुसार सबभन्दा जोखिममा अलवाइट अल्पसंख्यक छन्, सिरियाली राष्ट्रपति बसर अल असाद पनि यही समुदायका हुन्। इसाईहरू पनि निशानामा परेका छन्। लामो समयदेखि शान्तिपूर्ण जीवन बिताइरहेका सिरियाली जनता पछिल्लो संघर्षका कारण एक अर्काबाट अलग भएका छन्। 
'सरकारले रासायनिक हमला गर्‍यो'
फ्रान्सेली प्रधानमन्त्री जा मार्क एराल्टले पछिल्लो महिना सिरियाली राजधानी दमास्कसमा भएको रासायनिक हमलामा राष्ट्रपति असाद र उनको नेतृत्वमा रहेको सेना जिम्मेवार रहेको बताएका छन्। संसदमा एक प्रतिवेदन पेश गर्दै उनले अगस्ट २१ मा सिरियामा ठूलो परिमाणमा विनाशकारी हतियार प्रयोग भएको दाबी गरेका छन्। 
गत महिनामा सिरियामा भएको रासायनिक आक्रमणमा सयौं मानिस मरेका थिए। त्यतिबेला सरकारले आक्रमणमा हजार टनभन्दा बढी रसायन प्रयोग गरेको गुप्तचरी सूचनालाई उद्धृत गर्दै फ्रान्सेली अधिकारीहरूले बताएका छन्। त्यतिबेला सारिन र मस्टर्ड ग्यास जस्ता खतरनाक रसायन प्रयोग भएको उसको दाबी छ। 
फ्रान्सेली राष्ट्रपतिले सिरियामाथि सैन्य कारबाहीप्रति समर्थन जनाएका छन् तर अमेरिका र बिट्रेनमा जस्तै यहाँ पनि सिरियामाथि आक्रमणअघि संसदको अनुमति लिनुपर्ने दबाब बढेको छ। यस विषयमा फ्रान्सेली राष्ट्रिय सभामा बुधबार छलफल हुनेछ, तर मतदान हुने नहुने टुंगो लागेको छैन। 
यसैबीच नेटो महासचिव रासमुसेनले सिरियामाथि रासायनिक आक्रमण भएको र त्यसका लागि राष्ट्रपति असाद जिम्मेवार रहेकोमा आफू विश्वस्त भएको बताएका छन्। 'यस विषयमा अन्तर्राष्ट्रिय समुदायबाट कडा प्रतिक्रिया जरुरी छ,' उनले भने। 
मार्च २०११ बाट सिरियामा सुरु भएको संघर्षका क्रममा एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला