Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 30, 2013

अब रेखा थापा पनि मेरी बासैमा देख्न पाउने भय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                        भिडियो हेर्न माथि गर्नुहोस 
असोज १४ हरेक मंगलबार बेलुका नेपाल टेलीभिजनमा प्रशारण हुदै आएको हास्य टेलीचलचित्र मेरी बास्सैमा अब रेखा थापालाई पनि देख्न सकिने भएको छ । रेखा खड्का जिको अभिनय गरीरहेका सिताराम कट्टेलको गल्फ्रेन्डको रुपमा देखा पर्ने छिन्।अभिनेत्री रेखा थापा ‘मेरी बास्सै’मा कुनै बिशेष भुमिकामा नभई आफ्नो रियल क्यारेक्टरमा प्रस्तुत हुदैछिन् ।आगामी अंकमा आफ्नो गाउमा पुगेकी नायीका रेखा थापा लाई देख्ने बित्तिकै खड्का जिले बोलेको आ मा मा मा……..त्यस्तो छोटो लुगा लगाउने र अंगप्रर्दशन गर्ने हिरोइनी त मलाई मनै पर्दैन । भन्ने संबादबाट सुरु हुन्छ ।
उनले यति भन्ने बित्तिकै रेखा थापा उनकै अगाडि टुप्लुक्कै पुग्छीन् । अनि शुरु सुरु हुन्छ मस्कामस्की र नजर हानाहान । खड्का जीको गीतले रेखा पनि लठ्ठै पर्दछीन् । । गाउँका काजीले पनि रेखालाई मन पराउँछन्, यस्तो छ आउँदो मंगलबार राती नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सैमा देख्न सकिने दृष्य ।

निर्देशक सीताराम कट्टेलका अनुसार अभिनेत्री थापा तीन भागसम्म मेरी बास्सैमा देखा पर्नेछिन् । उनले निर्माण गरेको चलचित्र ‘काली’ यहि असोज २५ गतेबाट रिलिज हुदैछ । चलचित्र ‘काली’को प्रोमोसनको लागि रेखाले ‘मेरी बास्सै’मा खेलेकी हुन् । ‘मेरी बास्सैमा अभिनय गर्दा धेरै रमाइलो भयो’ रेखा भनेकि छिन् ‘कमेडीमा काम गर्न धेरै गाह्रो हुने रहेछ भन्ने कुरा मेरी बास्सै खेलेपछि थाहा पाए ।’

टेलिश्रंखलामा ‘लाउड’ एक्सप्रेसन दिनुपर्ने भएकाले चलचित्रभन्दा फरक हुने रेखाको भनाई छ । ‘पछि डबिङ गरिने भएकाले फिल्ममा सफ्ट बोल्ने र एक्टिङ गर्नुपर्ने हुन्छ त्यसैले नेचुरल लाग्छ तर सिरियल, त्यो माथी कमेडीमा काम गर्दा भने अलि बढी आर्टिफिसियल पनि बन्नुपर्ने रहेछ’ थापाले मेरी बास्सै सुटिङको अनुभव सुनाइन् ।

बलिउडमा आफ्नो चलचित्र प्रोमोसनका लागि कलाकारहरु विभिन्न टेलिभिजन कार्यक्रमहरुमा सहभागी हुने गरेपनि नेपालमा छिटपुट बाहेक यस्तो शैली अपनाएको पाइदैन । अभिनेत्री थापाले पनि पहिलो पटक यो शैली अपनाएकी हुन् 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला