Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 12, 2013

महिला गर्भ अवस्था हुँदा निकै ध्यान दिनु पर्ने कुराहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                      भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो । गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ । साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् ।
preg
बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका समेत हुने गर्छन् र त्यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा असर समेत पूराउन सक्छ । जे होस् महिलाले गर्भावस्थाको दौरान धेरै कुरा सुन्नु र भोग्नु पर्छ । गर्भावस्ता सँग केही सत्य तथा केही असत्य तर रोचक धारणाहरु रहेका छन् । जस्तै :preg
समाजमा धारणा के छ भने गर्भावस्थाको अवस्थामा पेट ठूलो भयो भने ती महिलाले छोरी पाउँछिन् र पेट ठीक्कको भयो भने छोरा । तर विज्ञहरु भने पेटको बच्चाको लिंगको पहिचान लागि पेटको आकारका आधारमा गर्न नसकिने बताउँछन् । पेटको आकार महिला आफ्नै सरीरको आकारका साथै पेटको बच्चाको आकार लगायतका कुरामा निर्भर गर्छ ।
अर्को धारणा के पनि छ भने यदि पेटमा बच्चा भएको बेला महिलाले नूनिलो नमकिन खाने इच्छा गरिन् भनेे बुझ्नुपर्छ की उनको पेटमा छोरा छ । यदि पेटमा छोरी भएमा महिलाले गुलियो कुरा खाने इच्छा गर्छिन् । तर यसको पनि कुनै वैज्ञानिक आधार छैन ।
अर्को रोचक जनविश्वास के छ भने जुन गर्भवती महिलाले गर्भावस्थामा छातिमा जलनको महसुस गर्छिन् उनको पेटमा रहेको बच्चाको टाउकोमा निकै राम्रो कपाल पलाउँछ । तर विज्ञहरुले भने गर्भवती महिलामा छातिको जलनको समस्या सामान्य रहेको र यसको सम्बन्ध बच्चाको कपालसँग नरहेको बताउँछन् ।
कतिपयले गर्भवती महिला उत्तानो परेर सुत्दा गर्भको बच्चालाई असर पुग्छ भन्ने धारणा राख्छन् । तर विज्ञहरुका अनुसार उत्तानो परेर सुत्दा बच्चालाई कुनै असर पुग्दैन । बरु पेट थिचिने गरी घोप्टो परेर चाहीँ सुत्नु हुँदैन ।
धेरै मानिसमा के अन्धविश्वास पनि छ भने गर्भावस्थाको बेला सम्भोग गर्दा गर्भको बच्चालाई असर पुग्छ । तर विज्ञहरुले भने गर्भावस्थामा सेक्स गर्दा गर्भको बच्चालाई असर गर्ने नभै झन रोगबाट बचाउने बताउँछन् ।
गर्भवती महिलाले बढि तातो पानीले नुहाउन हुँदैन भन्ने धारणा छ । यसमा केही सत्यता पनि छ । विज्ञहरुका अनुसार गर्भावस्थामा बढि तातो मात्र नभएर बढि चिसो पानीले पनि नुहाउनु हानिकारक हुन्छ । गर्भावस्थामा महिलाले आफ्नो सरीरको तापक्रम १०२ डिग्री भन्दा तलै राख्नुपर्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला