Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 14, 2013

लागु औसद कारोबार मोटर साइकलको ट्यांकी देखि गुप्तांग सम्म

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                  भिडियो हेर्न माथि क्लिक गर्नुहोस
सय ४ पुरुष र ६ हजार ३ सय ३० महिला छन् ।यसअघि सन् २००७ को रिर्पोट अनुसार त्यतिवेला नेपालमा ४६ हजार ४ सय ९ जना लागुऔषध प्रयोगकर्ता थिए । जसमध्ये ४२ हजार ९ सय ४ पुरुष र ३ हजार ३ सय ५६ महिला रहेका थिए ।adict-2
सन् २००७ को तथ्यांकमा पूर्वाञ्चलमा सबैभन्दा बढी सुनसरीमा ३ हजार १ सय ४६ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए यसमध्ये २ हजार ८ सय ५४ जना पुरुष र ३ सय ३२ महिला रहेको सरकारी तथ्याङकमा उल्लेख छ ।लागुऔषध प्रयोगकर्ताहरुको पुनःस्थापना तथा उपचारमा संलग्न हुँदै आएको संस्था किरात याक्थुङ चुक्लुङले गरेको सर्वेक्षणमा पनि हाल सुनसरी जिल्लामा ४ हजारको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेका छन् । जसमा धरानमा मात्रै २५ सयको हाराहारी प्रयोगकर्ता रहेका छन् ।सुनसरीमा लागुऔषध प्रयोगकताको संख्या बढेसँगै जिल्लामा लागुऔषधको मागसँगै आयात पनि अन्य जिल्लामा भन्दा वढी देखिएको केन्द्रका पोग्राम म्यानेजर विजय लिम्वुले जानकारी दिनुभयो । प्रहरी अधिकारीहरु पनि सुनसरीको धरान र इटहरीमा बढीमात्रामा लागुऔषधको मागसँगै खपतको क्रम पनि अन्य जिल्लाको तुलनामा बढी हुने गरेको बताउँछन् ।
 कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यादवराज खनाल सुनसरीको धरानपछि प्रयोगकर्ताहरु इटहरीमा बढिरहेको बताउनुहुन्छ ।भारतमा विक्री वितरणमा खुल्ला रहेका कतिपय लागुऔषध नेपालमा प्रतिवन्धित रहेकाले कारोवारमा संलग्नहरुलाई नेपाल भित्राउन सहज भएको एसएसपी खनाल बताउनुहुन्छ । उहाँले पछिल्लो समय कोशी अञ्चलमा प्रयोगकर्तामात्र हैनन्, ओसार-प्रसारमा संलग्नहरुको संख्या पनि बढेको बताउनुहुन्छ ।
ठूलो परिणाममा बरामद भयको थियो
एक साताअघि मोरङको बिराटनगरबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो । लागुऔषध स्पासमोप्रोक्सिन प्लस सात हजार तीन सय असी, १ सय एमएलका ९३ बोतल कोरेक्स र नाइटो्रसन २ सय चक्कीसहित धरानका राजेन्द्र लिम्वु र सन्तोष लिम्वुलाई प्रहरीले पक्राउ गर्‍यो ।मोरङमा मात्र नभएर भर्खरै विकासको तिव्र चरणमा रहेको सुनसरीको इटहरीमा पनि स्थानीय प्रहरीले इटहरी-५ स्थित जनता वस्तीमा ठूलो परिमाणमा लागूपदार्थ बरामद गरेको थियो । प्रहरीले झापा, मोरङ,र सुनसरीमा एक पछि अर्को गर्दै लागु औषध नियन्त्रणको अभियानमा सफलता पाएको दावी गरिरहँदा लागुऔषध नियन्त्रण अभियान प्रहरीसमक्ष चुनौतिपूर्ण वन्दै गएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका अनुसार विगत तीन वर्षयता झापामा १८ सय केजी, सुनसरीमा ६ सय र मोरङ जिल्लावाट ३ सय ८३ केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । आ व ०६७/०६८ देखि चालु आर्थिक वर्षको भदौ २६ गतेसम्म झापामा २४ विदेशी नागरिकससहित गरी १ सय ५१ जना विरुद्ध प्रहरीले लागुऔषध असोरप्रसारमा संलग्नलाई मुद्दा चलाएको छ । भने प्रहरीले सो अवधिमा २ सय १५ जनालाई पक्राउ गरेको छ । यसैगरी सुनसरीमा ३ विदेशीसहित ६७ जना विरुद्ध प्रहरीले मुद्दा चलाएको छ भने यस अवधिमा सुनसरीबाट २ सय ४ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले मोरङमा तीन वर्षको अवधिमा २ सय ६० वटा लागुऔषध ओसार प्रसारको कसुरमा मुद्दा चलाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार झापा, सुनसरी र मोरङ जिल्लापछि पुर्वाअञ्चलका अन्य जिल्ला सिराहा, सप्तरी, तेह्थुम र उदयपुर जिल्लामा पनि लागुऔषध कारोवार बढेको देखिन्छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला