Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 21, 2013

४० बर्स सम्म नसुत्ने मान्छे यी हुँ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                               माथि क्लिक गरि भिडियो हेर्नुहोस 
तपाइँ कति दिनसम्म अनिँधो बस्न सक्नुहुन्छ ?  एक रात अनिँधो बस्दा त विरामी होइएला की जस्तो हुन्छ भने कति दिन भन्ने त कुरै भएन । तर यो संसारमा एकजना यस्ता मान्छे छन् जो ४० वर्षदेखि जागै छन् ।
sleep
६४ वर्षका थाइ एन्जोक नामका पुरुष ४० वर्ष यता एक झप्को पनि निदाएका छैनन् । उनी देख्दा खेरि सामान्य मान्छेजस्तै देखिन्छन् र दिनभर सामान्य तरिकाले नै कामकाज गर्छन् । फरक, अरु सामान्य व्यक्तिको रात सुतेर बित्छ तर उनी रातभरि नै सधै जागा हुन्छन् ।
एन्जोकले भियतनामको पहाडि इलाकामा कुखुरा तथा सुंगुर पालन गरेका छन् । उनकी एक श्रीमती र ६ जना छोराछोरी छन् । सन् १९७३ देखि उनी सुतेकै छैनन् । त्यस वर्षको एक रातले उनको जिवनलाई सधैका लागि माछोजस्तै ननिदाउने बनाइदियो । उनलाई ज्वरो आएको थियो । जाबो ज्वरो त हो नी भनेर खासै ध्यान दिएनन् र उपचार पनि गरेनन् पछि ज्वरो निको हुन धेरै समय लाग्यो र उनलाई न्रि्रा पनि लाग्न छाड्यो । त्यस यताका ११ हजार ७ सय दिन उनी जागै छन् ।
यस्तो निन्द्रा न्लाग्ने समस्याको उपचारका लागि उनीहरु डाक्टरकोमा नधाएका होइनन् तर पनि उनको समस्या २० को १९ भएन । सुरु सुरुमा त यसरी न्रि्रा नै नआउँदा स्वास्थ्य निकै ब्रि्रन्छ की भन्ने डर उनी र उनका परिवारलाई थियो । तर उनको स्वास्थ्यमा खासै समस्या आएन र अहिले त ननिदाएको कारणले उनमा कुनै समस्या छैन ।
आफ्नो निन्द्रा न्लग्ने समस्यालाई उनले अहिले अबसरका रुपमा लिएका छन् । उनले थकाइ लाग्दा आराम गर्छन् । तर के दिन के रात उनी अरु समय काममै लागिरहन्छन् । अरु मान्छे सुतेको बेला उनी रातमा खेतमा गएर पानी लगाउँछन्, चौकीदारी गर्छन् । माछा पालनका लागि उनले अहिले २ वटा तलाउको खोजी गरिरहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला