![]() |
दोलखा, आश्विन ६ - माथिल्लो तामाकोसी आयोजनामा चालकको काम गर्ने रामेछाप लखनपुरका नारायण थापा मगरको शुक्रबार राति हत्या भएको छ ।
आयोजनाको ठेक्का लिने चाइनिज कम्पनी सिनो हाइड्रोको टिपर चालक अन्दाजी ३० वर्षीय नारायणको शुक्रबार राति आयोजनास्थल लामाबगरमा हत्या भएको प्रहरीले जनाएको छ । होटलमा खाना खाएर कम्पनीको निवासमा आउँदै गर्दा ५ जनाको समुहले हतियार प्रयोग गरी घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक शुरेसप्रसाद काफ्लले बताए । मृतकको दाहिने करङमा हतियार धसिएको चोट छ ।
प्रहरीले घटनालगत्तै आक्रमण गरेको आरोपमा स्थानीयको सहयोगमा दोलखा बोच- ७ का रामचन्द्र कार्की, बोच-९ का दिलिप खत्री, भीमेश्वर नपा- ११ का ओमशरण थापा, भीनपा- १३ का रमेश केसीलाई पक्राउ गरेको छ । संलग्न हुनसक्ने मेलुङका गाणेश भण्डारी फरार रहेको प्रहरीले बतायो .स्रोत: ekantipur
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला