![]() |
३१ साउन, काठमाण्डौ । छोरीको अन्तरजातिय प्रेम सम्बन्ध टुटाउन विष्णुबहादुर श्रेष्ठले छोरीलाई जापान पठाएका थिए । छोरी रिजु श्रेष्ठ अनिच्छाका बाबजुद परिवारको दबाबमा अध्ययनका लागि जापान त गइन् तर जापानमा पढाइतिर भन्दा उनको मन हरपल आफ्नो प्रेमीतिरै थियो । यसैले ६ महिनापछि नै उनी जापानबाट भागेर प्रेमी बिजय पूर्वेलाई भेट्न र्फकने निर्णय गरिन् । उनी सोमवार काठमाण्डौ विमानस्थलमा उत्रिइन् । तर र्फकने क्रममा झमेलामा परिन् । ड्रागन एयरमार्फत हङकङको ट्रान्जिट भएर आएकी उनको बाटोमै पासपोर्ट हरायो । त्रिभुवन विमानस्थलमा चेकजाँच गर्दा पासपोर्ट नभएपछि उनलाई अध्यागमन कार्यालयले पक्राउ गर्यो । अध्यागमन कार्यालय विमानस्थलले कारबाहीका लागि सोमवार नै अध्यागमन विभाग कालिकास्थान पठाये ।
1809304-Tribhuvan_Internationa
उनी जापानबाट फर्किएको खबर पाएपछि उनका प्रेमी विजय पूर्वै त लिन जाने नै भए उनका आमाबुबा पनि विभागमा उपस्थित भए । उनलाई विभागले तारेखमा छाड्ने निर्णय गर्यो । प्रेमीकै यादमा देश फर्किएकी उनी त्यहाँ दोस्रो झमेलामा परिन् । उनलाई कसले बुझेर लैजाने भन्नेमा ठूलै विवाद भयो । पक्राउ परेका व्यक्तिलाई छोड्दा सबैभन्दा निकटको आफन्तलाई बुझाउने गरिन्छ । जसअनुसार रिजुका बुबा उनलाई लिन गएका थिए । तर उनले बुबासंग कुनै हालतमा नजान र प्रेमी पूर्वेसंगमात्र जाने अड्डी लिइन् । अध्यागमनका कर्मचारी संकटमा परे र विण्णुबहादुरले छोरीलाई आफूले लैजान पाउनु पर्ने दाबी गरे । उनका प्रेमीको पनि आफ्नो दाबी कायमै थियो । ‘दुबै पक्षका ठूलो समूह नै जम्मा भएको थियो , विभागका शाखा अधिकृत देवषिर् सापकोटा भन्छन्,’कसलाई बुझाउने भन्नेमा ठूलै तनाब मच्चियो ।’ रिजुका प्रेमी मधेसी मूलका भएकाले संस्कृति नमिल्ने भन्दै उनका बुबाले पहिलेदेखि नै सम्बन्धलाई रुचाएका थिएनन् । तर रिजु आफ्नो प्रेमीप्रति पागल भइसकेकी थिइन् । कुनै हालतमा पनि उनी पूर्वेसंग जाने भन्दै परिवारसंग बोल्न पनि अस्वीकार गरिन्
विवाद बढ्दै गएपछि रिजु र विजयले एक अर्कालाई श्रीमान श्रीमतीको घोषणा गरे । विजयले विभागका महानिर्देशकलाई पत्र लेख्दै आफूहरुको विवाह एकमहिनाभित्र दर्ताको प्रमाणपत्र बुझाउने भन्दै रिजुलाई आफैलाई बुझाउन आग्रह गरे । दुवैजनाले आफूहरु श्रीमान श्रीमती नै भएको भनेर घोषणा गरी निवेदन दिएपछि विभागका कर्मचारी मात्र होइन रिजुका परिवारको समेत केही लागेन । उनका बाबु विष्णुबहादुरले छोरी विजयकै साथ जान लिखित मन्जुरी दिए । यसरी जापानबाट फर्केकै दिन रिजुले अध्यागमन कार्यलयमै बिहे गरेर आफ्नो प्रेम सफल बनाइन स्रोत : नयाँ पत्रिका दैनिकले
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला