Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, September 27, 2013

ज्यानमाराले उमेद्वार बन्न नपाउने सर्वोच्चको आदेश

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१० असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका व्यक्तिलाई संविधानसभाको उमेद्वार बन्न नपाउने गरी ढोका बन्द गरेको छ । विहीबार अदालतले सुनाएको यस्तो आदेशपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै एमाओवादी पूर्वसभासद वालकृष्ण ढुंगेलले भने पार्टीले आदेश दिएको खण्डमा आफू जस्तोसुकै पर्खाल भत्काउन तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।
balkrishnabalkrishnaज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजायँ पाएको व्यक्तिलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा कार्यान्वयनका लागि विहीबार अदालतले बाटो खोलिदिएको हो । सर्वोच्च अदालतका तीनजना न्यायाधीश सम्मिलित विशेष इजलासको विहीबार गरेको सुनुवाइमा आफैंले तीन दिन पहिले गरेको अन्तरिम आदेश खारेज गरिएको छ ।
असोज ७ गते अदालतको एकल इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएकाहरुलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा १९ (ङ) तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर,त्यसको तीनदिन पछि विहीबार अदालतले उक्त अन्तरिम आदेश खारेज गरिदिएको हो ।
अन्तरिम आदेश खारेज भएपछि अब अध्यादेशको दफा १९ कार्यान्यवन हुने भएको छ । सो दफामा ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजायँ पाएको व्यक्ति उमेद्वार बन्न अयोग्य रहेको उल्लेख छ ।
अध्यादेशमा रहेको यस्तो बाध्यात्मक व्यवस्था अन्तरिम संविधान र वृहत् शान्ति सम्झौता विपरीत भएको भन्दै त्यसलाई खारेज गर्न परेको रीटमा विहीबार सुनुवाइ भएको हो । मुद्दाको सुनुवाइ न्यायाधीश गिरीशचन्द्र लाल, सुशिला कार्की र प्रकाश वस्तीको विशेष इजलासमा भएको थियो । प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ, रामनारायाण् विडारी, रामबहादुर थापा र कृष्णप्रसाद सुवेदीले बहस गर्नुभएको थियो । त्यसैगरी विपक्षी नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी, सञ्जीवराज रेग्मी र चन्द्रकान्त खनालले बहस गर्नुभएको थियो ।
पर्खाल भत्काएर पार्टीको आदेश पालना गर्छु : वालकृष्ण ढुंगेल
यसैवीच एमाओवादीका पूर्वसभासद वालकृष्ण ढुंगेलले अदालतमा परेको यो रिट आफ्नो विरुद्ध नभएर सैद्धान्तिकमात्र भएको बताउनुभयो । आफूलाई पार्टीले उमेद्वार नै नबनाइसकेको हुनाले आफ्नो बारेमा कानूनले रोक लगाउने नलगाउने चर्चा गर्ने बेला नआएको उहाँले बताउनुभयो । ‘सर्वाेच्च अदालतले त्रिकालदर्शी भएर अन्तरिम संविधान र शान्ति सम्झौताको मर्म विपरीत काम गर्‍यो भने संविधानसभाको चुनाव सार्थक एवं सफल हुन सक्दैन ।’ ओखलढुंगा २ बाट प्रत्यक्षतर्फ उमेद्वारको सिफारिसमा पर्नुभएका ढुंगेलले अनलाइनखबरसँग भन्नुभयो, ‘राज्यसमितिले सिफारिस गरे पनि पार्टी केन्द्रले मलाई उमेद्वार बनाइसकेको छैन, पार्टीले उठ् भन्यो भने पार्टीको आदेशको पालना गर्दै म कुन पर्खाल तोड्नुपर्ने हो, तोड्छु ।’ तर, पार्टीले उमेद्वार नबन् भन्यो भने इमान्दार सिपाहीको हैसियतले उमेद्वार नबन्ने उहाँले बताउनुभयो ।
ज्यान मुद्दामा सजायँ सुनाइए पनि कारवाही नभएको भन्दै विवादमा तानिँदै आउनुभएका ढुंगेलले अब संविधानसभाको उमेद्वार बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशबाट प्रष्ट भएको अधिवक्ता दिनेश त्रिपाठीले अनलाइनखबरसँग भन्नुभयो । तर, अग्नी सापकोटाको हकमा भने उहाँविरुद्ध अन्तिम फैसला नभएको हुनाले उहाँको हकमा अध्यादेशको बन्देज नलाग्ने त्रिपाठीको भनाइ छ । source onlinekhabar

यस्तो छ सर्वोच्चको आदेश
court-order
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला