Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label खेल कुद. Show all posts
Showing posts with label खेल कुद. Show all posts

Sunday, September 29, 2013

विमलको हृयाट्रिकसँगै नेपाल एएफसी यू-१६ च्याम्पियनसि फुटबल तुर्कमेनिस्तानलाई ४-० ले हराउदै फाइनल चरणमा प्रवेश गरेको

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१३ असोज, काठमाडौं । कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा टिकट काटेको हो । एएफसी च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ । यसअघि नेपालले २००२ र २००६ मा खेलेको थियो ।
U-16-football
फाइनल चरणमा स्थान पक्का गर्न जित्ने पर्ने खेलमा नेपालले आइतबार तुर्कमेनिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हापको सुरुमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेको थिएन । तर, इन्जुरी टाइममा कप्तान विमल घर्तिमगरले अमित तामाङको उत्कृष्ट क्रसमा हेड गोल गरेका हुन् ।\
यसअघि नेपालले केही राम्रो मूभ बनाएपनि गोल गर्न सकेको थिएन । । ५ औं मिनेटमा किरण सुनुवारको क्रसमा विकास थापाको हेड बारमा लागेर बाहिरिएको थियो । १६ औं मिनेटमा अन्जन विष्टले राम्रो प्रहार गरेपनि गोल हुन सकेन भने लगतै अन्जनको प्रहारलाई विमलको हेड तुर्केमिनिस्तानका गोलरक्षकले गोललाइनबाट बचाएका थिए । २४ औं मिनेटमा नेपाली गोलरक्षक रोमन रसाइलीले तुर्केमिनिस्तानको प्रहार बचाए ।
दोस्रो हापमा उत्कष्ट प्रदर्शन गरेको नेपालले ५० औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । गौरबको क्रस तुर्कमेनिस्तानका डिफेण्डरको खुट्टामा लागेर फर्किएको बलमा विमलले उत्कृष्ट गोल गरेका हुन् । उनको प्रहार विपक्षी गोलरक्षकले रोक्ने प्रयास गरेपनि सकेनन् ।
एकपछि अर्को गर्दै तुर्कमेनिस्तानको पोष्टमा प्रहार गरेको गरेको नेपालका लागि ७५ औं मिनेटमा दिनेश राजबंशीले गोल गरे । कर्नर नजिकैबाट उनले हानेको बल विपक्षी गोलरक्षकले नियन्त्रणमा लिएर पनि पुत्काएपछि गोल भएको थियो । ८२ औं मिनेटमा अन्जन विष्टको पासमा फस्ट बार च्यापेर गोल गर्दै विमलले हृयाट्रिक पूरा गरे । योसँगै यू-१६ फुटबलमा विमलको गोल ११ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट समेत एक गोल गरिसकेका छन् ।
खेलको अन्त्यतिर तुर्कमेनिस्तानका खेलाडीले पाएको वान भर्सेज वानको मौकामा नेपाली गोलरक्षक रोमन रसाइलीले उत्कृष्ट बचाउ गरेका थिए । इन्जुरी टाइममा शिव सुवेदीको उत्कृष्ट प्रहार बारमा लागेर फर्किएको थियो ।
बहराइन उपविजेता
आइतबार नै भएको अर्को खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बहराइनले आठौं र १४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा इराकले अग्रता २-१ मा झार्‍यो । खेलमा र्फकने प्रयास असफल भइरहेका बेला अतिरित्त समयमा मुस्तफा रातो कार्ड खाँदै इराक हार व्यहोर्न बाध्य भयो ।
इराकको हारको फाइदा नेपाललाई भएको छ । इराक विजयी भएको भए नेपालले अघिल्लो चरण प्रवेशका लागि यात तुर्कमेनिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने पथ्र्यो या त उपविजेताहरुमा उत्कृष्ट हुनु पर्ने हुन्थ्यो । १० समूहका शीर्ष टोली सिधै फाइनल चरणमा पुग्छन् भने उपविजेता मध्ये उत्कृष्ट ५ पनि पुग्नेछन्
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 27, 2013

काठमाडौं, आश्विन ११ - एएफसी यू-१६ च्याम्पियनसिप- २०१४ छनोटको महत्त्वपूर्ण खेलमा नेपाल इराकविरुद्ध भिड्दै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, आश्विन ११ - एएफसी यू-१६ च्याम्पियनसिप- २०१४ छनोटको महत्त्वपूर्ण खेलमा नेपाल इराकविरुद्ध खेलिरहेको छ । दुई शुन्यले पछि परेको नेपालले विमल घर्ती मगरको गोलले सान्त्वना दिलाएको छ ।
पहिलो हाफसम्ममा इराकले नेपालविरुद्ध दुई गोल गरेको थियो । दशरथ रंगशालामा जारी खेलको १५ औँ मिनेटमा इराकले अग्रता लिएको हो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै हसम हसनले खाता खोले ।  पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिर सबाहले अर्को गोल थपे । खेलको मध्यभागबाट एकतर्फी लगेका अमिरले फेरि पनि नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए ।
पहिलो खेलमा हात पारेको जितसँगै समूह 'सी' मा दुवैको ३-३ अंक छ । बहराइन र तुर्कमेनिस्तान अंकविहीन छन् ।
अञ्जन विष्ट र अनन्त तामाङले पहिलो हाफमा गरेको गोलसँगै नेपालले पहिलो खेलमा बहराइनलाई २-० ले हराएको थियो ।
गत वर्ष भएको एएफसी यू-१६ को फाइनल चरणमा अन्तिम चारसम्म पुगेकाले इराकले अर्को महिना फिफा यू-१७ वर्ल्ड च्याम्पियनसिप खेल्दैछ ।
दशरथ रंगशालामा छनोटको पहिलो खेलमा उसले तुर्कमेनिस्तानमाथि गोलको वर्षा गर्दै ८-१ को जित रचेको थियो  लाइब हेर्न यहाँ जानुहोला ।http://kantipurtv.com/live
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 11, 2013

LIVE: Afghanistan vs India - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 9, 2013

नेपाली खेलाडीको आँखामा आँसुइ आँसु अनिल गुरुङ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Maldives vs India - Semifinal 2 - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 8, 2013

LIVE: Nepal vs Afghanistan, Semi Final 1 - SAFF Championship 2

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 6, 2013

LIVE: Afghanistan vs Maldives - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 5, 2013

LIVE: India vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 4, 2013

LIVE: Sri Lanka vs Afghanistan - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 3, 2013

Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र १८ - थपिएको समयमा गोल गरेर बिमल घर्ती मगरले नेपाली टोलीको उद्दार गरेका छन् । पाकिस्तानसँगको आफ्नो दोस्रो म्याचमा हार नजिक पुगेको नेपाली टोलीको लागि उनले अन्तिम समयमा गोल गरे ।
पाकिस्तानीले हसन वासिरले १४ औं मिनेटमा गरेको गोलले अग्रता लिएको थियो । लगातार आक्रमण गर्दा पनि गोल गर्न असफल नेपाली टोलीलाई ६५ औं मिनेटमा मैदान प्रवेश गरेका बिमलले गोल गरेर अंक बाड्ने अवस्थामा पुर्याए ।
पाकिस्तानसँग हारेको भए नेपालको दोस्रो चरणको यात्रा कठीन थियो । अंक बाँडे पनि नेपालको दोस्रो चरणको यात्रा सम्भावना बाँकी छ ।
पहिलो हाफमा पाकिस्तानले अग्रता लए पनि नेपाली खेलाडीले खेल अवधिभर बिपक्षीलाई दबाबमा राखिरहे । तर, गोल गर्न असफल रहे।    
                                                भिडियो हेर्न चाहानु हुन्छ भने तल हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

LIVE: Pakistan vs Nepal - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 1, 2013

LIVE: India vs Pakistan - SAFF Championship 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

हिजो भयको खेलमा बांगलादेस्लाई यसरि लियो नेपालले बदला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
१५ भदौ, काठमाडौं । काठमाडौंमा शनिबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० ले पराजित गर्दै सुखद सुरुवात मात्र गरेन, एएफसी च्यालेन्ज कपमा व्यहोरेको २–० को हारको बदला समेत लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल प्रस्तुत गरेको थियो । एकपछि अर्को गर्दै बंगलादेशको पोष्टमा धाबा बोलेको नेपाल १८ औं मिनेटमा सफल भयो । अनिल गुरुङले भोला सिलवालको पासमा हेडगोल
गर्दै उत्कृष्ट गोल गरेका हुन् । अन्तराष्ट्रिय फुटबलमा अनिलको यो ८ औं गोल हो । पछिल्लो समय खराव प्रदर्शन गरेको भन्दै आलोचना हुँदै आएका अनिल शनिबार भने उत्कृष्ट फर्ममा देखिएका थिए । उनले २००७ मा ओमानविरुद्ध डेब्यू गरेका थिए 







भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, August 31, 2013

NEPAL VS BANGLADES SAF CHYAMPIAN FOOTBAL 2013 IN KATHAMANDU

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आजको नेपाल vs बंगलादेसको साफ च्याम्पियसिप लाइव फुटबल हेर्न यो लिंकमा क्लिक गर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 30, 2013

भोलि बाट सुरु हुने आठौं साफ च्याम्पियनसिप फुटबलको पुरस्कार यक करोड ३ लाख ५५ हजार ९५ अर्थात् ९५ हजार अमेरिकी डलर राखियको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १४ - आठौं साफ च्याम्पियनसिपको कुल पुरस्कार करिब १ करोड ३ लाख ५५ हजार रुपैयाँ (९५ हजार अमेरिकी डलर) भएको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जनाएको छ ।
च्याम्पियन हुनेले ५४ लाख ५० हजार रुपैयाँ (५० हजार डलर) पाउनेछ । उपविजेताले २७ लाख २५ हजार रुपैयाँ (२५ हजार डलर) हात पार्नेछ । सातौं संस्करणको विजेता भारत र उपविजेता अफगानिस्तानले उति नै पुरस्कार पाएका थिए । सेमिफाइनल पुग्ने दुई टिमलाई १०-१० हजार डलर (१ लाख ९ हजार रुपैयाँ) दिइने एन्फाका महासचिव धीरेन्द्र प्रधानले बताए ।
साफले सहभागी आठ देशलाई टिम तयारीका निम्ति २५-२५ हजार डलर (प्रत्येकलाई २७ लाख २५ हजार रुपैयाँ) उपलब्ध गराएको बताइएको छ । एन्फाले शनिबार सुरु हुने प्रतियोगिताको आयोजनालाई ५ करोड ४२ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट बनाएको छ । त्यसमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ४ करोड ३६ लाख रुपैयाँ -४ लाख डलर) उपलब्ध गराउने महासचिव प्रधानले बताए । नेपाल सरकारले ६० लाख रुपैयाँ छुट्याएको छ । 'अपुग रकम टिकट बिक्रीबाट उठाउनेछौं,' एन्फा अध्यक्ष थापाले भने ।
एन्फाले आयोजना सार्थक तुल्याउन आठ समिति पनि गठन गरेको छ । स्थानीय आयोजक समितिको महानिर्देशकमा एन्फा उपाध्यक्ष नरेन्द्र श्रेष्ठ छन् । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल १५ मध्ये १० खेल दशरथ रंगशालामा हुनेछन् । सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा ५ खेल सञ्चालन हुनेछन् । नेपलका खेलहरू, सेमिफाइनल र फाइनलका प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछन् । अभ्यासलाई ५ मैदान छुट्याइएको छ ।
नेपालले आयोजना गर्न लागेको तेस्रो ठूलो प्रतियोगिता हो, आठौं साफ । सन् १९९७ मा पहिलो साफ पनि काठमाडौंमै भएको थियो । त्यसमा ६ देशले प्रतिस्पर्धा गरेका थिए ।
छनोट चरण पार गरेका आठ देशले गत वर्ष काठमाडौंमा आयोजित एएफसी च्यालेन्ज कपको फाइनल चरण खेलेका थिए ।
नेपालकै गरिमा'
आठौं साफको आयोजना एन्फाको मात्र नभई नेपालकै गरिमा भएको एन्फा अध्यक्ष गणेश थापाले बताए । 'त्यसैले सबैको सहयोगले आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ,' उनले भने ।
खेलाडीलाई अपार्टमेन्ट र आजीवन भत्ता
नेपाली राष्ट्रिय टिम आठौं साफको च्याम्पियन भएमा प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजीवन मासिक १० हजार रुपैयाँ भत्ता एन्फाले दिने अध्यक्ष गणेश थापाले बताएका छन् । 'नेपालले जित्छ भन्ने आस राखेको छु । जित्ने सम्भावना पनि छ,' उनले भने ।
एएफसीका उपाध्यक्षसमेत रहेका थापाले दुई वर्षअघि पनि सातौं साफ च्याम्पियन भए प्रत्येक नेपाली खेलाडीलाई अपार्टमेन्ट पुरस्कार घोषणा गरेका थिए । सोह्र वर्षअघि काठमाडौंबाट सुरु भएको साफमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् १९९९ र २०११ मा सेमिफाइनल पुग्नु नै नेपालको साफमा सबैभन्दा राम्रो नतिजा हो । बाँकी ५ संस्करणमा नेपालको चुनौती समूह चरणमै टुंगिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, August 20, 2013

नेपाल भारतसँग पराजित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ४ - नेपाललाई एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा भारतको यु-२३ टिमले मंगलबार ८४ रनले पराजित गरेको छ । समूह 'ए' मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा वान-डे मान्यता प्राप्त अफगानिस्तानसँग ३ रनको हार बेहोरेको थियो ।
सिंगापुर क्रिकेट मैदानमा टेस्टमान्यता प्राप्त भारतीय टिमले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । नेपालका बलर वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । तीन ब्याट्सम्यानको अर्धसतक सामेल रहेकेा भारतीय टिमका लोकेश राहुलले सर्वाधिक ८८ रन जोडेका थिए ।
जवाफमा सागर पुनले आफ्नो दोस्रो वान-डे खेलमा पहिलो अन्तर्राष्ट्रिय अर्धसतक प्रहार गरे पछि नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । वाया हाते ब्याट्सम्यान सागरले ६१ बलमा ५२ रन जोडे । जसमा ७ चौका सामेल थियो । नेपालले अब समूहको तेस्रो खेल बुधबार पाकिस्तानको यू-२३ टिमसँग खेल्दैछ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, July 20, 2013

अन्तर्राष्ट्रिय फुटबलमा हार बेहोर्दै आएको नेपाल उपाधिमै केन्द्रित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, श्रावण ५ - अन्तर्राष्ट्रिय फुटबलमा हार नियमित बेहोर्दै आएको नेपालले दोस्रो साफ यू-१६ च्याम्पियनसिप जित्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । दक्षिण एसियाली आठमध्ये सात देश सहभागी प्रतियोगितामा उपाधि जित्ने दाबी गर्ने उनी एक्लो हुन् । ६ पाहुना टोलीले भने स्तर सुधार गर्ने लक्ष्य बनाएका छन् ।
'व्यक्तिगत र टिम सेटका रूपमा सबै खेलाडी राम्रा छन् । त्यसैले उपाधि जित्ने लक्ष्य छ,' महर्जनले भने । विगतको तुलनामा टेक्निक, ट्याक्टिस र शारीरिक रूपमा अहिलेको टिम उत्कृष्ट भएको उनले बताए । उनको टिमले भुटानविरुद्धको खेलसँगै शनिबार समूह 'ए' को यात्रा सुरु गर्नेछ । नेपालले अफगानिस्तानविरुद्ध सोमबार र डिफेन्डिङ च्याम्पियन पाकिस्तानविरुद्ध बुधबार खेल्नेछ । भुटान र अफगानिस्तान साफ यू-१६ मा नयाँ टिम हुन् ।
'भुटानविरुद्ध खासै चिन्ता लिनुपर्ने छैन । तर, बढी आत्मविश्वासी हँुदैनौं,' महर्जनले भने । डेढ-दुई वर्षयता एन्फा एकेडेमीमा रहेका १६ खेलाडी नेपाली टिममा छन् । बाँकी ७ खेलाडी ३ महिनाअघि भएको प्रतिभा छनोटबाट लिइएको हो । एकेडेमीमा रहेका खेलाडीले इरानमा यू-१३, काठमाडौंमा यू-१४ फेस्टिभल र जापानमा किजुना बोन्ड प्रोजेक्ट -दक्षिण एसियाका ८ र जापानका २ टिम सहभागी) खेलेका थिए । ती अनुभव साफमा काम लाग्ने प्रशिक्षकको विश्वास छ ।
'यू-१४ फेस्टिभल र जापानमा गरेको प्रदर्शन तथा अभ्यासका आधारमा अहिलेको टिममा राम्रो सम्भावना देखेको छु,' महर्जनले भने । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने नेपालको कमजोरी साफ यू-१६ मा हटाउने उनले बताए । 'सिनियर टिमसँगको मैत्रीपूर्ण खेलमा निरन्तर गोल गरे । त्यसैले गोलको समस्या अभाव नहोला,' उनले भने ।
यू-१६ ले अढाई महिने तयारीमा जावलाखेल, संकटा, सरस्वती, एपीएफ, थ्री-स्टार, नेपाल यू-२३ र सिनियर टिमसँग १० खेल खेलेको थियो । उसले एपीएफ, सरस्वती र जावलाखेललाई हरायो । चार खेल बराबरीमा टुंगिए । बंगलादेशविरुद्ध २०६९ असोजमा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल घर्तीमगर, अञ्जन विष्ट, मिडफिल्डर हेमन्त थापामगर -कप्तान) अनिल राई र डिफेन्डर अनन्त तामाङ मुख्य खेलाडी हुन् ।
विमल, हेमन्त, अनिल र अनन्तले सिनियर राष्ट्रिय टिमसँगै ३ साता अभ्यास गरेका छन् । त्यसैले आफ्नो टिममा साफ यू-१६ च्याम्पियन बन्ने क्षमता भएको महर्जनले बताए । असोज ९-१३ मा काठमाडौंमा हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोटको तयारी पनि हो, साफ यू-१६ । त्यसमा नेपालले बलिया प्रतिद्वन्द्वीहरू इराक, बहराइन र तुर्कमेनिस्तानविरुद्ध खेल्नुपर्नेछ । त्यसैले साफ यू-१६ नेपालको क्षमता नाप्ने अवसर हुनेछ । 'साफ यू-१६ जित्दै एएफसी छनोटमा टिमलाई  आत्मविश्वासी बन्न चाहन्छौं । र, साफ च्याम्पियनसिपमा सिनियर टिमलाई हौसला दिन चाहन्छौं,' महर्जनले भने ।
भीम थापा, थोमस फ्लाथ, विराटकृष्ण श्रेष्ठ र कृष्ण थापा राष्ट्रिय टिमको प्रशिक्षक छँदा सहायक भूमिकामा रहेका महर्जन अफगानिस्तान र भारतलाई बलिया प्रतिद्वन्द्वी मान्छन् । काठमाडौंमै आयोजित पहिलो संस्करणमा मुख्य प्रशिक्षक रहेका सुनील श्रेष्ठ र मृगेन्द्र मिश्र महर्जनका सहायक छन् । श्रेष्ठले सम्हालेको नेपाल यू-१६ दुई वर्षअघि तेस्रो भयो । सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा ४-२ ले हारेपछि नेपालले तेस्रो स्थानका निम्ति भएको खेलमा बंगलादेशलाई २-१ ले पन्छाएको थियो । पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र भुटानले भने प्रतियोगिताबाट फुटबल स्तर सुधारको आस गरेका छन् ।
होटलको स्तर भएन’
काठमाडौं- बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले साफ यू-१६ च्याम्पियनसिपमा उपलब्ध गराएको होटल राम्रो नभएको बताए । उनले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'व्यवस्थापन राम्रो छैन । सुविधा भएन । होटल राम्रो भएन । बिरामी भएर एक खेलाडी अस्पताल नै लानुपर्‍यो । राम्रो सुविधा पाए राम्रो हुनेछ ।'नक्सालस्थित क्राउन प्लाजामा बसेको बंगलादेशले मात्र होइन, स्वयम्भूस्थित पिस जोनमा रहेको श्रीलंकाले पनि व्यवस्थापनको आलोचना गर्‍यो । श्रीलंकाली म्यानेजर समन कोटेजले भने, 'हामी प्रतियोगितामा खेल्न मानसिक रूपमा तयार छैनौं । राष्ट्रिय टिमका निम्ति यस्तो बसाइ सुविधा अपेक्षा गरेका थिएनौं । हामी दक्षिण एसियाली हौं । पाँचतारे होटलको सुविधा मागेका छैनौं । आधारभूत सुविधा त दिनुपर्‍यो नि ।' एकै कोठामा ५ खेलाडी बस्नुपरेको र ५ खेलाडीले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता भएको कोटेजले बताए । प्रतियोगितामा अतिथि सत्कारका संयोजक रमेश रायमाझीले भने व्यवस्थापन राम्रो भएको दाबी गरे । 'एक कोठमा ३ जनासम्म खेलाडी राखेका छौं,' एन्फाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, 'बंगलादेशी खेलाडी ट्याङ खाएपछि बिरामी भएका हुन् । होटलको स्तर पहिले के थियो ? थाहा छैन । अहिले हाम्रा खेलाडी बस्न सक्ने स्तरका छन् ।' निरीक्षण गरेपछि कमजोरी भेटिए होटल परिवर्तन गर्नसक्ने रायमाझीले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला