Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, September 21, 2013

नेपाली कलाकार अमेरिकाको कालो सुचिमा पाउन छाडे अमेरिका जाने भिसा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                भिडियो हेर्न माथि बक्समा क्लिक गर्नुहोस

नेपाली कलाकारहरु  अमेरिका भनेपछि हुरुक्कै हुने  गर्छन् । अमेरिका मा कार्यक्रम अथवा घुम घामको  लागि अमेरिका पुगेका धेरै कलाकार त्यतै लुक्ने गरेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै आएको सुविधामा कटौती गरेको छ ।visaनेपाली कलाकारहरु कार्यक्रमका लागि अमेरिका जान दिइने पी थ्री भीसामा रोक लगाइएको छ । अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकका अनुसार पी थ्र भीसामा रोक लगाइएपछि कलाकारहरुले भ्रमण भीसा वा अन्य भीसा भन्दै एप्लाई गरिरहेका छन् ।
अमेरिकी सरकारको गृहमन्त्रालयको तथ्यांक अनुसार गत बर्ष १ लाख ६ हजार ३ सय २५ जना कलाकार र खेलाडीहरु कार्यक्रमका लागि पी थ्री भीसामा अमेरिका पुगेका थिए । जसमध्ये १६ जना मात्र नेपाली थिए ।
सन् २०१२ को मार्चदेखि हालसम्म अमेरिका आउन चाहने प्राय सबै कलाकारहरुको भिसा अस्विकार गरिदै आएको उक्त साप्ताहिकले जनाएको छ । नेपाली कलाकारहरु अमेरिकामा पुगेर त्यतै बस्न थालेपछि र आयोजकले कार्यक्रम विना नै कलाकारहरुबाट मोटो रकम असुलेर अमेरिका पुर्‍याउन थालेपछि यस्ता कडाई गरिएको हो ।
प्री थ्री भिसा अस्विकृत भएपछि केही कलाकारहरुले धार्मिक भिसा समेत एप्लाई गरेर अमेरिका पुगेको बताइएको छ । केही समय अघि नायक आर्यन सिग्देल, नायिका नन्दिता केसी, सुनिता दुलाल र गायक डीजेराजलाई पनि अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो ।सन् २००७ मा सबैभन्दा धेरै नेपाली कलाकार अमेरिका पुगेका थिए ।visa
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला