Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label बिज्ञान प्रबिधि. Show all posts
Showing posts with label बिज्ञान प्रबिधि. Show all posts

Thursday, December 5, 2013

अब तँपाइको ल्यापटप र मोबाइल हरायो भने यसरी खोज्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, मंसिर २० – मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।
यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।
विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com  बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com  बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।
यस्तै एप्पलको म्याक ल्यापटकमा लागि एप्पलको आफ्नै फाइन्ड माई म्याक नामक एन्टी थेफ्ट सल्युसन रहेको छ । युजरले आई क्लाउड एकाउन्टबाट यसमा साइनइन गरेपछि यो आफै सक्रिय हुन्छ । यसबाट ल्यापटपलाई ट्रयाक गर्न, डाटा डिलिट गर्न वा आलार्म बज्ने किसिमको पनि बनाउन सकिन्छ ।
एन्ड्रोइड फोनका लागि यसको आफ्नै ट्याकिङ फिचर रहेको छ, जसलाई www.google.com/android/devicemanager  बाट पाउन सकिन्छ । यसले युजरको गुगल आईडीसँग सम्बन्धित कुनै पनि एन्ड्रोइड डिभाइसलाई ट्याक गर्न सक्छ । यस्तै म्यापमा लोकेसन हेर्न, त्यसलाई लक गर्न, डाटा डिलिट गर्न साथै फोन गर्न पनि सकिन्छ ।
एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलास्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।
ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई  फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै windowsphone.com मा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 19, 2013

कम्पुटर भन्दा कमि छैन यो बच्चाको दिल्माख जे सोद्यो तेस्को उतर थ्यक ठ्याक भनि दिन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस् 




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 25, 2013

कक्षा १२ को परीक्षाफल भर्खरै मात्र पराकसित भयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, आश्विन ९ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित भएको छ  मानविकी र व्यवस्थापनमा यसवर्ष नियमिततर्फ ३८ दशमलव ६३ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकतर्फ ३१ प्रतिशत उत्तीर्ण भए ।
परिषद्ले यसअघि नै विज्ञान विषयको परीक्षा प्रकाशित गरिसकेको थियो
।परीक्षाफल हेर्नको लागि  उच्च माध्यमिक शिक्षा परिषद्को वेबसाइट hseb.edu.np र नेपाल टेलिकमको वेबसाइटमा ntc.net.np हेर्न सकिनेछ यो साइट खुले पछी खुलेको बक्समा आफ्नो सिम्बोल नम्ब टाइप गरि इन्टर गर्नुहोस आफ्नो रिजल्ट पाउनु  हुनेछ गर्निउहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मोबाइल नेटवर्कले नै काम गर्न छोड्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
लहान, असोज ८ गते । सिरहाको पूर्वी सिमाना र भारतीय सिमामा अवस्थित रहेको ठाडी वजारमा एनटिसी र एनसेल कुनै पनि मोवाईलको नेटवर्क काम नगर्दा ईनर्वा गाविसमा पर्ने ठाडी वजारका ७ र ८ वाडाका स्थानीयवासीहरु सास्ती खेप्न वाध्य भएका छन  । संचार,  शिक्षा, व्यापार र सिमाना अतिक्रमणको समस्यावाट समेत ठाडी वासी पिडित रहेको धारणा राजनितिक दलका नेताहरु समक्ष चुनावको मुखमा दर्शाउन थालेका छन ।  
    ठाडी वजारका स्थानीय व्यापारीहरुले नेटवर्कको समस्या खेपीरहेको स्थानीयवासीहरुले कैयो पटक सम्वन्धित निकायमा जानकारी गराउदा पनि समस्या जिउँको तिउँ रहेको छ । मोवाईल सम्पर्कको लागि वजारवाट एक किलोमिटर उत्तरमा गएर सम्पर्क गर्नु परिरहेको लहान क्याम्पसमका प्रध्यापक कन्हैया भट्टले जानकारी दिनु भयो । उहाँको अनुसार भारतीय सिमानामा रहेको ठाडी वजारका व्यापारीदेखि सर्वसधारणसम्म मोवाईलको समस्या मात्रै होईन अन्य सेवा सुविद्यावाट समेत वञ्चित रहेका छन  । 
    स्थानीय शिवजी मण्डलका अनुसार नेपालको नागरिकता हामीसंग भएपनि ९० प्रतिशत ठाडी वासीहरु भरतीय रुपैयाँको कारोवार गर्छ भन्ने हरेका सम्मान खरिद विक्री हुँदा भारतीय रुपैयाँमा नै हुने गरेको छ । ठाडी वजारमा रहेको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरु भर्ना रहेपनि   पढन भरतीय लौकहा वजार नै जाने गरेको छ । अधिकांश विद्यार्थीहरु नेपाली भाषा भन्दा हिन्दी भाषा नै वढी वाृेल्ने गरेका छन । ठाडी वजारका व्यापारीहरुले राजश्व कार्यालयमा कर  तिरेपनि सुपारी लगायत अन्य समानहरु नेपाल प्रहरीले ल्याउन नदिदा वजारको व्यापार चौपट्ट नै भएको छ । 
    ठाडी वजारमा माँ दुर्गा क्लवले आफनै सिमामा बनाएको कलभर्ट भारतीय पक्षले अतिक्रमण्म गर्दा पनि यस क्षेत्रका नेताहरुलाई जानकारी गराउदा पनि कसैले पनि मुख नखोल्नु विडम्वना भएको ईनर्वा गाविसका पूर्व अध्यक्ष धनेश्वर यादवले बताउनु भयो । उहाँले चुनावको वेला मात्रै गाँउ पस्ने नेताहरुलाई यस पाली ठाडी वजारको विकासको लागि साझ प्रतिवद्धता जनाए मात्रै गाँउ पस्न दिने तयारी गरिरहेको यादवले बताउनु भयो ,।  
    एमाओवादीका सिफारिस उम्मेदवार जितेन्द्र कुमार यादव  प्रचार प्रसारमा ठाडी वजार पुग्दा स्थानीयवासीहरुले भेला भएर पिडा पोख्दै भन्नु भयो – चुनावमा तपाईहरु मात्रै आउनुहुन्छ अरु वेला अनुहार नै देख्दिन । गएको संविधान सभामा यहि गाविसका गाविस अध्यक्ष समेत रहनु भएका राजलाल यादव सभासद भएपनि हाम्रो समस्या समाधान भएन । ठाडीका व्यापार प्रवर्धन लगायत अन्य कामा ध्यान दिनु भएन । तपाईले गर्नु होला के ग्यारेण्टी भन्ने प्रश्न स्थानीयवासीहरुले एकै स्वरमा तेर्साउनु भयो । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 23, 2013

यसरी ह्याक गर्यो नयाँ आइफोन फाइव (भिडियो सहित )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                                 भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो ।
iphoneiphone
चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए ।
एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी गरेको थियो । तर ह्याकरहरुले एप्पलको त्यस्तो दाबीलाई दुइ दिनमै झुटो सावित गरिदिएका छन् । एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।iphone
चाओस कम्प्युटर क्लबलेले आफ्नो वेबसाइटमा यो कुराको प्रमाण पेश गर्न एक भिडियो समेत राखेको छ । जसमा कुनै बनाबटी पि्रन्टको सहायताले आइफोन ५ एस को लक कसरी खोल्न सकिन्छ भन्ने कुरा देखाइएको छ । उसले आफ्नो टोलीले कसरी आइफोनको फिंगर पि्रन्ट रिडरलाई क्र्याक गर्न सफल भयो भन्ने कुरा समेत सविस्तार बताएको छ ।

एप्पलको आइफोन ५ एस ह्याक गर्ने एक जना ह्याकर स्टारबगले औँठाछापलाई कुनैपनि चिजको सुरक्षाका लागि प्रयोग नगर्न सल्लाह दिएका छन् । उनका अनुसार हामीले विभिन्न ठाउँमा आफ्नो औँठाछाप छाडेका हुन्छौँ जसलाई कपी गर्न निकै सजिलो हुन्छ र गलत मानिसले त्यसको फाइदा उठाउन सक्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 19, 2013

अब सपनामा देखेको भिडियो रेकर्ड गर्न सकिने आफैले हेर्न पाइने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                          १ मिनेटको भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
निदाएको बेलामा देखेको सपनाको दृश्य बिउँझिएपछि सबै शून्य हुन्छ । सपनामा एकपटक देखिएको दृश्य ब्युँझिएपछि चाहेर पनि त्यो फेरि देख्न वा साँच्चीकै जिवनमा आँखाले हेर्न असम्भव नै हुन्छ । तर अब भने निदाएको बेलामा देखेको सपना आफ्नै आँखाले हेर्न पाइने भएको छ ।
जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्वतमा मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलापलाई युएसबी, फ्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र ऊ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्नेगरी उसको मस्तिष्कका क्रियाकलाप तथा उसले देखिरहेको सपना रेकर्ड गरिनेछ ।
 sleepingBeauty-femmewise
वैज्ञानिकका अनुसार सुतेको मानिसको मस्तिष्कको अध्ययन गरी उसले सपना देखिरहेको कुरा छुट्टाउन सफल भइसकिएको छ र अब सपनालाई रेकर्ड गर्ने प्रयास भैरहेको छ । ता की त्यसरी रेकर्ड गरिएका सपनालाई पछि कम्प्युटर वा टेलिभिजनको पर्दामा मज्जाले हेर्न सकियोस् ।
जापानी वैज्ञानिकहरुले निद्राको भिडियो रेकर्ड गर्ने यो अध्ययनका लागि तिनजना पुरुषलाई निम्त्याए । जब ती तिनजना व्यक्तिहरु आरामले सुते तब उनीहरुको अवचेतन मनलाई एक विशेष उपकरणसँग जोडियो । उक्त उपकरणले मस्तिष्कको गतिविधिमा निगरानी राख्छ । त्यसक्रममा जब ती पुरुषहरु गहिरो निद्रामा पुगे तब उनीहरुको मस्तिष्कको गतिविधि निकै तिब्र भएको पाइयो ।
केही समयपछि ती तिनजनालाई उठाएर के सपना देख्यौ ? भनेर सोधियो । उनीहरुको भनाई अनुसार देखेका सपनाका कहानीलाई समेत रेकर्ड गरियो र त्यो सँगै अवचेतन मनका गतिविधिलाई समेत सँगै मिलाएर देखाइयो । वैज्ञानिकहरुका अनुसार अवचेतन मनका गतिविधि तथा सपनाकेा कहानीलाई समायोजन गरी सुहाउँदा दृश्य सहितको सजिव फिल्म तयार पार्ने कम्प्युटर प्रोग्रामको विकाश गरेसँगै मानिसको सपनाको भिडियो रेकर्डिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 10, 2013

तँपाइको पनि मोबाइल चोरी हुनसक्छ पहिलेनै यसरि जोगाउनुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मोबाइल फोन आजकल आम प्रयोगको साधन र सञ्चारको सुविधा युक्त ग्याजेट मात्र होइन। यो तपाइँको स्मरण शक्ति, बैंकको आर्थिक कारोबारको माध्यम, कम्प्युटर, सामाजिक सञ्जाल सम्म पहुँच पुरयाउने माध्यम अनि फोन र आवश्यक सूचना लेख्ने डायरी पनि हो। मोबाइल फोनहरु उत्पादक क्षेत्रमा पनि उत्तिकै लाभदायी साधन बनेका छन्। शैक्षिक देखी मनोरञ्जनात्मक मात्र होइन स्वास्थ्य सम्बन्धी एपहरुले गर्दा यो मोबाइल फोन डाक्टर भन्दा कम छैन। दुनियाँ नै मोबाइलमा अटाउने भइसकेको छ। त्यसैले प्रयोग पनि बढिरहेको छ साथै सुविधा र मूल्य पनि। महँगा मोबाइल हातमा बस्न थालका छन्। जसले गर्दा मोबाइलको प्रयोग मात्र होइन सुरक्षा पनि गर्नुपर्ने भएको छ। सुविधा र आवश्यकताले गर्दा ७०, ८० हजार पर्ने मोबाइल बोक्नुपर्ने अवस्था बनेको छ। कतिपयले त बैंकको किस्ताबन्दीमा पनि मोबाइल लिनुभएको होला। मोबाइल चलाउँदै गर्ने र पैसा पनि तिर्दै गर्ने योजना बनाएकाका लागि मोबाइल हरायो वा चोरी भयो भने किस्ता बाँकी रहन्छ अनि मोबाइलको बिल मात्र। त्यसैले मोबाइल किन्दा त्यसको सेवा, छुट र गुणस्तरमा ध्यान दिनुपर्छ भने चलाउँदा पनि चोरी हुन नदिन विशेष ध्यान दिनैपर्छ। साथै चोरी भएको खण्डमा फेला कसरी पार्न सकिन्छ वा हराएर हुने हानीलाई कसरी कम गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ।
मोबाइल चोरी भएको खण्डमा त्यसबाट हुने हानी कम गर्न तथा चोरी भएको मोबाइल फिर्ता पाउने अवस्था बनाउनका लागि निम्न कुरामा ध्यान दिनुपर्छ।
बिल सुरक्षित राख्ने
मोबाइल किनेपछि वारेन्टी, ग्यारेन्टी कार्डका साथै मोबाइलको बिल पनि सुरक्षित राख्नुपर्छ। मोबाइलको बिलमा त्यसको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी (आइएमइआइ) नम्बर साथै मोडल नम्बरको उल्लेख भएको हुन्छ। जसले सम्बन्धित नम्बर वा मोडलको मोबाइल तपाइँको हो भनेर पहिचान गर्दछ। साथै मोबाइलमा राखिएका पीन वा सेक्यूरीटी सम्बन्धी सबै खालका पासवर्ड बिल वा त्यस्तै कुनै कागजातमा लेखेर सुरक्षित राख्नुपर्छ। ताकि मोबाइल फेला परेको खण्डमा त्यसलाई सहज रुपमा चलाउन सकियोस्। यो कुरा तपाइँको मोबाइलको पहिचानसँग पनि जोडिएको हुन्छ। आइएमइआइ नम्बरको आधारमा तपाइँले चोरी भएको फोन प्रहरीमा रिपोर्ट गरेर दूरसञ्चार कम्पनीहरु मार्फ कसले चलाएको छ भन्ने पत्ता लगाएर फिर्ता पाउने अवस्था समेत बन्दछ। त्यसैले यसलाई सुरक्षित राख्नुपर्छ।
मोबाइलमा चिन्ह राख्ने
आफूले चलाएको मोबाइलमा पहिचानका लागि कुनै न कुनै एक चिन्ह राख्नु सही मानिन्छ। जसले गर्दा उस्तै मोडल र रंगका मोबाइल सेटका बीच तपाइँ सजिलै आफ्नो मोबाइल चिन्न सक्नुहुन्छ। मोबाइलमा कुनै स्ट्रिकर वा केही शब्द कोर्न पनि सक्नुहुन्छ। विशेष गरेर मोबाइलको ब्याट्री वा ब्याट्रीको कभरमा नाम वा मोबाइल नम्बर पनि लेख्न सक्नुहुन्छ। जसले गर्दा मोबाइलको पहिचान गर्न सजिलो हुन्छ। मोबाइलको ब्याट्रीमा नाम वा नम्बर लेख्नुभयो भने कथंकदाचित भेटिँदा पनि चोर्नेले ब्याट्री फेरे नफेरेको पनि थाहा हुन्छ। किनभने मोबाइलको महत्वपूर्ण पक्ष त्यसको ब्याट्री हो।
सेक्यूरीटी कोड लक
मोबाइलमा सम्भव भएसम्म सेक्यूरीटी कोडको प्रयोग गरेर यसलाई बन्द राख्नुपर्छ। जसले गर्दा तपाइँको मोबाइलको दूरुपयोग हुन पाउँदैन। चोरी भएको अवस्थामा पनि तपाइँको मोबाइल प्रयोग गरेर फोन, एसएमएस तथा विभिन्न एपमा रहेका तपाइँका जानकारी अरुले चोर्न तथा हेर्न पाउँदैन। त्यसो त विभिन्न एप मार्फत तपाइँले गर्नुभएको कारोबारको समेत गोप्यता रहन्छ। तपाइँले लिनुभएको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पनि यसले गोप्यता राख्न सजिलो बनाउँछ।
एन्टी थेफ्ट सफ्टवेयरको प्रयोग
स्मार्टफोनको सुविधा यो पनि हो कि यसमा प्रयोग हुने विभिन्न सफ्टवेयर जसलाई हामी एप भन्छौं तीनले तपाइँको मोबाइललाई सुरक्षा पनि दिन्छन्। मोबाइलमा आइफोनका लागि ‘फाइन्ड माई आइफोन’ र एण्ड्रोइडमा ‘हृवेयर इज माइ ड्रोइड’ जस्ता एपले हराएका तथा चोरी भएका मोबाइल फोन खोज्न मदत गर्दछन्। यस्तै खालका अन्य विभिन्न एपहरु छन् जसले तीनमा हुने रिमोट सुविधाको प्रयोग गर्दै चोरी भएका मोबाइलको पत्ता लगाउने काम गर्दछन्।
यी बाहेक तपाइँले मोबाइल किन्दा ध्यान दिनुपर्ने कुरा बीमा हो। यदी महँगो मूल्यको मोबाइल किन्दै हुनुहुन्छ भने त्यसको बीमा अवस्य गराउनुहोला। जसले गर्दा मोबाइल चोरी भएको खण्डमा तपाइँले कम मात्र हानी बेहोर्नुपर्छ। त्यसो त बीमा कम्पनीले पनि तपाइँको मोबाइल खोजीमा चासो दिन्छ, आखिर पैसाको सबाल छ। नेपालमा मोबाइल बीमाको चलन त्यती धेरै नभए पनि सामसुङ मोबाइलका लागि आइएमएसले पहिलो एक वर्षको लागि निशुल्क बीमा गरिदिने गरेको छ महँगा मोबाइलमा। त्यसैले महँगा मोबाइल किन्नु अघि बुझेर बीमा गरी ढुक्क हुनुहोस्। जसले तपाइँलाई चोरी जस्ता केशमा सहयोगी वातावरण तयार गर्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमांडौमा हुने साथीहरुको लागि फ्री इन्टरनेट चलाउनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
वाइम्याक्स प्रविधि अपनाएर धेरै मानिस जम्मा हुने स्थानहरुमा वाइफाइ हटस्पट बनाउने लक्ष राखेको नेपाल टेलिकमले राजधानी काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ। टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ।  

काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।
उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 30, 2013

नेपाल टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं- नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन। -
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमाप्रतिएमबी३३पैसार१० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन 'बिएल' टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३.१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ। 
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, August 20, 2013

after viber coming we chat we chat is live chat aps

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

. लाइभ च्याट
प्राय सबै यस प्रकारको एप्सहरुमा यो फिचर भएपनि यसमा भने अलि भिन्न किसिमको फिचर राखेको छ । लाईभ च्याटमा मेसेजिंङ च्याटको सुबिधा त छदैछ, यसका अलाबा लाइभ भ्वाइस च्याटको पनि सुबिधा रहेको छ । त्यहाा रहेको () चिन्हमा टच गरि लाईभ च्याट सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । अब त्यहा रहेको ठुलो गोलो आकारको चिन्हमा टच गरि इन्डिकेटरको लाइट हरियो भए पछि भ्वाइस मेसेज छोड्न सकिन्छ । लाईभ च्याटमा रहेका सदस्यहरुले तुरुन्त त्यो भ्वाइस मेसेज पाउछन । यो प्रक्रियामा वकि­टकि जस्तै एकचोटीमा एकजना मात्रै बोल्न पाउछन ।


२. भिडिओ कल
यो फिचर इस्काईप र भाइबरको जस्तै यसमा पनि रहेको छ । यसमा पनि () चिन्हमा टच गरि भिडिओ कल सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ । कलको दौरान भिडिओ बाट अडियोमा पनि सुइच गर्न मिल्छ ।

३. मोमेन्ट्सयो फिचर फेसबुकसंग मिल्दो जुल्दो रहेको छ । एप्समा रहेको ‘सोसियल” ट्याबमा टच गरि ुमोमेन्ट्स” सेलेक्ट गर्नु पर्ने हुन्छ्र क्यामराको लोगोमा क्लिक गरि आफ्ना फोटोहरुलाई सेयर गर्न सकिन्छ । फोटोमा कमेन्ट गर्न, लाईक गर्न र कमेन्ट रिप्लाई गर्न पनि मिल्छ ।

४. ग्रूप च्याट
एक जनासंग मात्रै च्याट गर्दा दिक्क लागेमा ग्रूप च्याट पनि गर्न मिल्छ । क­कसलाई एड गर्नु पर्ने हो, सेलेक्ट गरेर इन्भाइट गर्नु पर्ने हुन्छ । ग्रूप च्याटमा अर्को सजिलो इन्भाइट गर्ने तरिका पनि रहेको छ । एप्समा रहेको लोगोमा टच गरेर ग्रूप च्याट किउ­आर कोड (QR Code) सेलेक्ट गरेर जेनेरेट भएको कोड्लाई सेयर गर्नु पर्ने हुन्छ । त्यो कोड जसले वि­च्याटबाट स्क्यान गर्छ, ऊ मात्रै ग्रूप च्याट गर्न पाउछ ।
५. शेक
यो अलि रोचक तरिकाको फिचर रहेको छ । ‘सोसियल” मा टच गरेर ‘शेक” सेलेक्ट गर्नु पर्ने हुन्छ । यसका लागी लोकेसन सर्भिस लाई आफ्नो फोनमा इनेबल गर्नु पर्ने हुन्छ । अब आफ्नो फोनलाई हल्लाउनुहोस ( शेक गर्नुहोस ) र तपाइा संगसगै जो जो युजरहरुले आफ्नो फोन हल्लाइरहेका हुन्छन् उनीहरुको लिस्ट तपाइको फोनमा डिस्प्ले हुन्छ । अब तिनीहरुलाई ग्रिटिंग पठाउनुहोस र साथि बनाउनुहोस ।

६. च्याट हिस्ट्री ब्याकअप
आफ्नो च्याटको हिस्ट्रीहरुलाई ब्याकअप गर्न मिल्ने सुबिधा पनि रहेको छ र तर उक्त हिस्ट्री भने सात दिन सम्म मात्र रहन्छ रयो फिचर चाहीएमा सेटिंग” >>”जनरल” >> च्याट हिस्ट्री ब्याकअप” मा गएर आफुलाई चाहिएको कन्भर्सेसन सेलेक्ट गरि ब्याकअप गर्न मिल्छ ।

WeChat_nokia
अरु पनि थुप्रै फिचरहरु यसमा रहेको छ । उक्त फिचरहरुको उपयोग गर्न भने आफ्नो मोबाइलमा वि­च्याट इन्स्टल गर्नु पर्ने हुन्छ । यो चाइनाका डेभेलोपरहरुले बनाएको एप्स भने बिबाधमा पनि तानिएको छ । केहि समय आगाडी यो कम्पनीले केहि चाइनिज संबेदनशिल शब्दहरुलाई सेन्सर गरेपछि यो बिबाधमा तानिएको हो । यसको अर्थ यो कम्पनीले युजरहरुको मेसेज र डाटालाइ सजिलै एक्सेस गर्न सक्छ । यहि कारणले गर्दा अमेरिका र अरु देशका प्रमुखहरुले यो एप्सले राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भन्दै बिरोध पनि गरिरहेका छन् ।
हालसालै भारतको इन्टिलिजेन्स ब्युरोले पनि यो एप्सलाई आफ्नो देशमा रोक लगाउनु पर्ने माग सरकारसंग प्रस्तुत गरेको छन्  | जे जस्तो भए पनि यो एप्सको फिचर भने सर्बोत्कृस्ट रहेको छ र यो एप्सलाई ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्काईप, भाइबर, व्हाट्स एप, वकि­टकीहरुको फ्युजन पनि भन्न सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 1, 2013

बिदेस बाट कल आयो भने बोनस पाँउछ एन्सेलमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तपाइँ एनसेल चलाउनु हुन्छ र तपाइँका आफन्त विदेशमा छन् भने एनसेलको नयाँ अफर तपाइँका लागि लाभदायक हुने देखिन्छ। एनसेलले नयाँ अफरका रुपमा अन्तर्राष्ट्रिय आगमन कलमा असार २६ देखी ‘कल आयो पैसा पायो’ सुरु गरेको छ। यो उपहार योजनामा एनसेल प्रयोगकर्ताले ११३१ मा फोन गरेर सहभागी हुन पाउने छन्।कल गरेर योजनामा सहभागी हुनेहरुले आफ्नो एनसेलको नम्बरमा विश्वको कुनैपनि देशबाट आएको फोनमा कुराकानी गर्दा प्रति मिनेट एक रुपैंया बोनस पाउने छन्। यसरी पाउने बोनसमा उनीहरुले एक पटकमा अधिकतम ३० रुपैंया सम्म बोनस पाउने एनसेलले जनाएको छ।यो योजनामा पाएको बोनस ब्यालेन्स रकम एनसेलको नेर्टवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ। उक्त रकम पाँच दिनभित्र प्रयोग गरिसक्नु पर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन्। कोइरालाले यसखालको योजनाले एनसेलका प्रयोगकर्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी साथै केही रकम पनि बोनस पाउँदा थप उत्साहित बनाउने आशा राखेको बताइन्।एनसेलले केही समय अघि देखी यो योजना लुम्बिनी र राप्तीमा मात्र लागु गरेको थियो। यसखालको बोनस रिचार्ज उपहार योजनालाई देशभर लगेपछि विदेशमा आफन्त भएका परिवारलाई आफन्तले फोन गर्दा केही रकम उपहारका रुपमा पनि प्राप्त हुनेछ। यो विदेशबाट आएको फोन उठाउँदा बोनर रकम प्राप्त हुने यो योजना आगामी असोज २४ सम्म रहनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

ग्यालेक्सी एस फोरले घरै जलायो यसरि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चिनमा सामसुङको ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले घर नै सखाप पारेको छ। चिनियाँ भाषाको एक ब्लगले ४७ वर्षिय डूको ग्यालेक्सी एस फोरले उनको घर नै ध्वस्त पारेको उल्लेख गरेको हो। उक्त ब्गलले डूले आफ्नो फोनलाई चार्जमा राखेर ‘लभ मसिन’ नाम गरेको खेल खेल्दा मोबाइल पड्केको उल्लेख गरेको छ।01 Samsung Galaxy S4 in flamesमोबाइल पड्केको आवाज आएपछि डराएर डूले मोबाइल सोफामा फालेको र मोबाइलबाट आगोको ज्वाला निस्केर सोफा हुँदै पूरै अपार्टमेन्ट नै जलेको ब्लगमा उल्लेख छ।
02 Samsung Galaxy S4 in flamesसामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो।
03 Samsung Galaxy S4 in flamesआगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। स्रोत ; dorsanchar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, July 19, 2013

अब मोबाइलबाट बोस्वोभर फ्री कल गर्ने हैन त (from viber )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अहिलेको जमानामा  वाईफाई, थ्रिजी वा जिपीआरएस वाट चल्ने गतिलो ईन्टरनेट र मोबाईल फोन मात्र हुनु पर्छ अवश्था हेरेर लगभग निशुल्क तपाई देश बिदेश कुरा गर्न सक्नु हुन्छ । स्मार्ट
फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ।

दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईल बाट तपाईनिशुल्क कुरा गर्न सक्नु हुन्छ। आउनुहोस यस किसीमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौ।

भाईवर (Viber)
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Int ernet- Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ। निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (BlackBerry), आईओस (iOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile) अपरेटिङ्ग सिस्टम (OS) जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ।

मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने
यसेको मुख्या सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउछ र ति कन्ट्याक्टहरु सँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ।

यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने, छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने
जस्ता झन्झट हुदैन।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला