Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 3, 2013

सुजाताले रिसाउँदै भनिन्- जाँड खाएर मोरङ कब्जा गर्न खोज्ने ? (भिडियो सहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
sujata-koirala१७ भदौ, काठमाण्डौ । ‘भट्टीमा रक्सी खाने, दलाली गर्नेहरुलाई सिफारिस गरिएको छ, यस्तो अवस्थामा कसरी काँग्रेसले चुनाव जित्ला ?’
मंसिर ४ मा हुने संविधानसभाका लागि मोरंग जिल्लाबाट आफ्नो नाम सिफारिस नगरिएपछि आक्रोशित बन्नुभएकी कांग्रेसनेतृ सुजाता कोइरालाले सोमबार अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘यो सबै खेल काँग्रेसभित्रैका दलालहरुले गरेका हुन्, यो सिंगो गिरीजाबाबुका समर्थक तथा कार्यकर्ता सिध्याउने षडयन्त्र हो । यो मलाई सैहृय छैन ।’
निकै आक्रोषित मुद्रामा प्रस्तुत भएकी नेतृ कोइरालाले केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र आमोदप्रसाद उपाध्याय लगायतका नेताहरुले आफूलाई उम्मेदवार हुनवाट बञ्जित गराउन ठूलो षडयन्त्र गरेको नामै किटेर आरोप लगाउनुभयो । कोइरालाले आफू यसपटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ र ४ वाट उम्मेदवार बन्ने सोचमा रहेको बताउनुभयो । कोइरालाले भन्नुभयो, ‘७५ प्रतिशत कार्यकर्ताहरु मेरो पक्षमा उभिएका थिए । तर, हामीलाई जिल्लामा प्रवेश गर्नै दिइएन र जिल्लामा जानबाटै रोकियो ।’
दोस्रो संविधान सभाको निर्वाचनमा पिता स्व. गिरिजाप्रसाद कोइरालाको चुनाव क्षेत्रबाट उम्मेदवार बन्ने काँग्रेस नेतृ सुजाता कोइरालाको सपनामाथि तुषारापात भएपछि उहाँ सोमबार रौद्ररुपमा प्रस्तुत हुनुभएको हो ।
‘यो सबै खेल काँग्रेसभित्रैका दलालहरुले गरेका हुन् ।’ उहाँले आफूलाई पेल्न खोजिएको तर आफू हेपिएर नबस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले प्रत्यक्षमा अरु नयाँ अनुहारलाई पालो दिने हो भने म समानुपातिकमा बस्न तयार छु भनेकै थिएँ । तर, मैले त्यति भन्दाभन्दै पनि ममाथि अन्याय गरियो । यो सिंगो गिरीजाबाबुका समर्थक तथा कार्यकर्ता सिध्याउने षडयन्त्र हो । यो मलाई सैहृय छैन ।’
कोइरालाले जनआन्दोलनका बेला भट्टीमा जाँड रक्सी खाएर बसेकाहरु तथा नेपालमै नरहेका व्यक्तिलाई उम्मेदवार बनाउन सिफारिस गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पक्षमा ७५ प्रतिशत कार्यकर्ता हुँदा पनि मलाई पेल्न खोज्ने ? मलाई सिध्याउन खोज्ने ? मोरङ जिल्ला नै कब्जा गर्ने ? यस्तो भयो भने कसरी काँग्रेसले चुनाव जित्छ ?’
भट्टीमा जाँडरक्सी खाने, विदेशबाट फर्किएका तथा जनआन्दोलन विरोधीहरुलाई उम्मेदवार बनाउन सिफारिस गरिएको भन्दै कोइरालाले मोरङ कब्जा गर्न खोजेर मात्रै काँग्रेसले चुनाव नजित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मोरङ क्षेत्रनम्बर ३ बाट भट्टीमा रक्सी खाने, दलाली गर्ने र जनआन्दोलनका बेला कुनै भूमिका नखेलेका र राजनीतिमा छोटो समय लागेकाहरुलाई सिफारिस गरिएको छ, यस्तो अवस्थामा कसरी काँग्रेसले चुनाव जित्ला ? ‘
‘मुस्लिम बाहुल्यता रहेको मोरङ क्षेत्र नम्बर ५ मा मुस्लिम उम्मेदवार घोषणा गर्नुपर्‍थ्र्याे नि । किन अर्को उम्मेदवार सिफारिस गर्ने ?’ कोइरालाले भन्नुभयो, ‘बाहुन नै बाहुन उम्मेदवार भए भन्ने ? उसोभए थारु, मुस्लिम, मधेशी, जनजाति र महिला सबैलाई समेटेर उम्मेदवार सिफारिस गर्नुपर्‍यो नि ।’ कोइरालाले आफूमाथि भएको अन्यायको एकएक हिसाव-किताव गर्ने चेतावनी दिनुभयो ।
कांग्रेस नेतृ सुजाताले चुनाव लड्ने इच्छा देखाएको मोरङ क्षेत्र नम्बर १ बाट आमोदप्रसाद उपाध्यायको नाम सिफारिस भएको छ । सुजाताको आँखामा परेको मोरङ क्षेत्र नम्बर ४ वाट पनि कोइरालाको नाम सिफारिस गरिएको छैन । मोरङको क्षेत्र नम्बर ६ बाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र महेश आचार्य, क्षेत्र नम्बर ७ वाट शेखर कोइरालाको नाम सिफारिस गरिएको छ ।
यसअघि ०६४ को संविधानसभाको निर्वाचनमा नेतृ कोइरला सुनसरी क्षेत्र नम्बर ५ वाट प्रत्यक्षतर्फको उम्मेदवार हुनुभएको थियो । उक्त चुनावमा कोइराला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो । यादवले धाँदली गरेर आफूलाई हराएको कोइरालाले आरोप लगाउँदै आउनुभएको छ ।
पार्टीले प्रत्येक क्षेत्रबाट उम्मेदवारको सूची पार्टी केन्द्रीय कार्यालयलाई मंसिर २० भित्रै पठाउन दिएको निर्देशनबमोजिम मोरङ जिल्लाबाट उम्मेदवार सिफारिस गर्दा गिरीजापुत्री सुजाताको नाम प्रत्यक्ष तथा समानुपातिक कतै पनि सिफारिस गरिएको छैन । मोरङका ९ वटै क्षेत्रबाट आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गर्दा नेतृ कोइराला कतै पर्नुभएन । दुबैतर्फको उम्मेदवारमा आफ्नो नाम प्रस्ताव नभएपछि नेतृ कोइराला आक्रोशित बन्नुभएको हो ।
मोरङ र सुनसरी दुबै जिल्लाबाट आफूलाई उम्मेदवार हुन नदिन केन्द्रीय नेताहरुले नै षडयन्त्र उहाँले गरेको आरोप लगाउनुभयो । मोरङको क्षेत्र नम्बर १ र ४ दुबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार हुनबाट वञ्चित भएपछि अनलाइनखबरसंग कुरा गर्दै नेतृ कोइरालाले बुबा गिरिजाप्रसादका समर्थकहरुलाई काँग्रेसकै नेताहरुले सिध्याउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई उम्मेदवार हुन नदिनु भनेको गिरिजाबावुका समर्थकहरुलाई सिध्याउनु हो, यो खेल स्थानीयस्तरदेखि केन्द्रीय नेतासम्मले खेलेका छन् ।’स्रोत onlinekhabar
                                              भिडियो तल हेर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला