Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 9, 2013

SLC पुरक परीक्षाको रिजल्ट आज प्रकासित भयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र २४ - परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुरक परीक्षाको रिजल्ट सोमबार बिहान प्रकाशित गरेको छ । २०६९ सालको एसएलसी परीक्षामा अनुतिर्ण भएकाहरुका लागि साउनमा पुरक परीक्षा लिइएको थियो । परीक्षा नियन्त्रक खगराज बरालका अनुसार पुरक परीक्षामा सहभागी मध्ये ६० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । कुल १ लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकोमा ६७ हजार ५१ जना उतिर्ण भएका छन् । बरालका अनुसार उतिर्ण मध्ये ३४ हजार १ सय ४३ छात्रा र ३२ हजार ९ सय ८ जना छात्र छन् । रिजल्ट परीक्षा नियन्त्रण कार्यालयको वेभ साइटमा हेर्न सकिन्छ । 

राससका अनुसार पूरक परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य तथा प्रथम श्रेणीमा एक हजार ६१०, द्वितीय श्रेणीमा ४८ हजार ८६७ र तृतीय श्रेणीमा १६ हजार ५७४ जना उत्तीर्ण भएका छन् ।

नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ 

फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए ।
परीक्षाको नतिजा हेर्नको लागि यो लिंकमा जानुहोला  www.soce.gov.np र moe.gov.np, doe.gov.np,  मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला