Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 9, 2013

बैंककमा थाई एयरको विमान दुर्घटना ग्रस्त भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२४ भदौ, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स थाई एयरवेजको जहाज आइतबार थाइल्याण्डको सुवर्णभूमि एयरपोर्टमा दुर्घटना भएको छ । दक्षिण चीनको गोञ्जाउबाट थाइल्याण्डतर्फ उडेको ‘एयरवस ३३०-३३०’ विमानस्थलको धावनमार्गमा ल्याण्डिङ गर्दा दुर्घटनामा परेको हो । दुर्घटनमा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । एयरवसले २८८ यात्रु र १४ जना चालक दलका सदस्यहरु बोकेको थियो । एयरवसको ल्याण्डिङ गियरले काम नगरेपछि जहाज धावनमार्गमै दुर्घटना भएको थियो । आइतबार अबेर राति दुर्घटना भएको जहाज सोमबार बिहान चौरमा देखिएको
                                     भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
 थियो । कर्मचारीहरुले एयरवेजको छवि जोगाउन जहाजको नाम र लोगो ब्लाक आउट गरेका थिए । चौरबाट जहाज हटाउन २४ घन्टा लाग्ने क्यारियरले बताएको छ । जसले अन्य उडान ढीलो हुन सक्छ । जहाज पूर्णरुपले रोकिनुअघि नै क्याप्टेनले जहाजलाई नियन्त्रणमा लिइसकेका थिए । यात्रुहरुलाई आकस्मिक अवतरण गरिएको थियो । १४ जना यात्रु आकस्मिकरुपमा बाहिरिादा सामान्य घाइते भएका छन् । उनीहरुलाई तुरुन्तै अस्पताल लगेर उपचारपछि डिस्चार्ज गरिएको छ । यो दुर्घटना दर्जनौं यात्री र चालक दल सदस्य घाइते भएको एक हप्तामै भएको छ । यसअघि थाईको ए ३८० सुपर जम्मो विमान बैंककबाट हङकङ जाने क्रममा दुर्घटनामा परेको थियो                   भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला