![]() |
मलेसिया, भाद्र १७ - मलेसियामा जारी देशव्यापी धरपकड मार्फत २४ घण्टामा २ सय २९ जना नेपालीसहित २ हजार ४ सय ३३ गैरकानुनी हैसियतमा रहेका विदेशी कामदार पक्राउ परेका छन् । स्थानीय अंग्रेजी दैनिक द स्टारको अनलाइन संस्करणमा जनाइए अनुसार गत २०११ मा भएको आममाफी कार्यक्रम मार्फत दर्ता भएका तर, बैधता प्रक्रिया अघि नबढाएकालाई केन्द्रीत गर्दै विभिन्न ४० स्थानमा गरिएको धरपकडबाट सो संख्यामा उनीहरु पक्राउ परेका हुन् ।
आइतबारदेखि थालिएको धरपकड र छापाबाट पक्राउ परेका ८ हजार १ सय ५ जनामाथि अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा मलेसियाको छिमेकी देश इण्डोनेसियाका सबैभन्दा बढी (७ सय जना) रहेका छन् । उक्त क्रममा ५ सय ५५ जना म्यानमार, ३ सय ८७ जना बंगलादेशका नागरिक रहेका छन् । ती बाहेक अन्य मुलुकहरुका नागरिक पनि पक्राउ परेका जनाइएको छ ।
यसैबर्ष अन्त्यसम्ममा चल्ने यो धरपकडबाट करिब ५ लाख गैरकानुनी आप्रवासी कामदार समातिने विश्वास मलेसियाको छ । समातिएपछि उनीहरुलाई सक्दो चाँडो स्वदेश फर्काइने जनाइएको छ ।
कामदार त्रसित
जारी धरपकडबाट मलेसियामा कार्यरत रहेका आप्रवासी कामदार त्रसित बनेका छन् । मलेसियाले देशव्यापी धरपकड तीब्र पार्दै जाँदा अवैध रुपमा रहेका कामदार सबैभन्दा बढी त्रासमा छन् । बैधानिक अवस्थामा रहेका कतिपयसमेत झमेलामा फसिने त्रासमा छन् ।
गैरकानुनी कामदारलाई काम दिने एवं लुकाएर राख्ने रोजगारदातालाई कडा कारबाही गरिने जनाइएपछि कतिपय कम्पनीले आफूसँग भएका गैरकानुनी कामदार धमाधम निष्कासन गर्न थालेका छन् । मलेसियामा गैरकानुनी नेपाली कामदार कति छन् भन्ने ठोस तथ्याङक नभएपनि करिब २० हजार नेपाली गैरकानुनी रुपमा रहेका हुनसक्ने अनुमान छ ।
गएको आममाफी कार्यक्रममार्फत करिब ३४ हजार गैरकानुनी हैसियतका नेपाली दर्ता भएका थिए । तीमध्ये करिब १५ हजारले बैधता पाएका थिए भने अन्य केही स्वदेश फिरेका थिए । तीमध्ये अझै कतिपय गैरकानुनी हैसियतमै रहेका विश्वास गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला