![]() |
काठमाडौं/भाद्र १७-
आठौँ साफ च्याम्पियनसिपको रिपोर्टिङका लागि काठमाडौं आएका एक जना बंगलादेशी पत्रकार पक्राउ परेका छन् । गलत दिशामा ट्याक्सीको ढोका खोलेको अभियोगमा बंगलादेशी पत्रकार अब्दुल हनामलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।प्रहरी प्रधान कार्यालय अगाडि दाहिनेतिरको ट्याक्सीको ढोका खोल्दा मोटरसाइकल ढोक्किएर एक जना गम्भिर घाइते भएपछि प्रहरीले अब्दुल हानामलाई पक्राउ गरी हिरासतमा राखेको छ । ट्राफिक नियमअनुसार गाडिको दाहिनेतिरको ढोका खोल्न प्रतिबन्धित छ ।आइतवार प्रहरी प्रधान कार्यालयमा बंगलादेश टोलीको फुटवल प्रशिक्षणको समाचार संकलन गर्न हानाम सहित तीन जना बा १ ज ७१६६ नम्बरको ट्याक्सीमा प्रधान कार्यालय गएका थिए । पछिल्लो सिटमा बसेका तीन जनामध्ये हानाम चालक सिटतिरको ढोका खोलेर बाहिरिने प्रयासगर्दा मोटरसाइकल ठोक्किएको थियो ।
महानगरिय प्रहरी बृत्त कमलपोखरीका प्रमुख मुकेशकुमार सिंहका अनुसार रोकिएको ट्याक्सीको पछाडि बसेका दुईजना देब्रे ढोकावाट र हानाम ट्याक्सी चालक पछाडिको दाहिनेतिरवाट ढोका खोलेर बाहिर निस्कन खोज्दा वीरु ढुंगाना मोटरसाइकलसहित आएर ठोक्किएका थिए । दुघर्टनामा ढुंगाना गम्भिर घाइते भएका थिए ।
उनलाई प्रारम्भमा उपचारकालागि हिमाल अस्पताल लगिएको थियो । कम्मरमुनीको भाग नचलेकाले उनको स्पाइनलकडमा समस्या देखिएको भन्दै हिमालले अन्य अस्पताल लैजान भनेपछि उनको विएन्डवीमा उपचार भइरहेको छ ।
उनको कम्मरमुनीको भाग अझै चलेको छैन भने अवस्था खतरामुक्त हुन सकेको छैन । गलत दिशामा ढोका खोलेकाले बंगलादेशी पत्रकारलाई नियन्त्रणमा लिइएको र घटनामा संलग्न ट्याक्सीका चालक सोमबहादुर लामा समेत हिरासतमा रहेको बृत्तका अधिकारीले बताए । बंगलादेशी पत्रकार, ट्याक्सी धनी र पिडितलाई राखेर छलफल गराइरहेका छौ, डिएसपी सिंहले भने ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला