Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 5, 2013

तलब नपाउदा एबीसी टेलिभिजनका कर्मचारीद्वारा आत्महत्या भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, २० भदौ । नेपालका अधिकांश नीजि क्षेत्रका टेलिभिजन कार्यरत पत्रकार र कर्मचारीहरुले तलब विना काम गरिरहनु परेको घट्ना नौलो होईन ।
एक एक वर्षदेखि तलब नपाएर पत्रकारहरु यो क्षेत्रबाटै पलायन हुनु परेको, तलब माग्दा जागिर गुमाउनु परेको र मालिकबाट अपमानित र कुटाईसमेत खानु परेको घटना पनि नौलो रहेन ।
बजार र आवश्यकताको लेखाजोखा नगरी च्याउसरी टेलिभिजन खुल्दा लामो समयदेखि यस्तो समस्या नेपाली पत्रकारिता क्षेत्रमा विद्यमान रहेको यथार्थ तथ्य हाम्रो सामू छर्लङ छ ।
तर विडम्बना नै भन्नु पर्छ आमसञ्चारमाध्यममा काम गरेर लामो समयदेखि तलब नपाएर अन्ततः आत्महत्या नै गर्नु परेको अवस्था नेपाली सञ्चार क्षेत्रकै लागि लाजमर्दो अवस्था हो ।
एवीसी टेलिभिजनमा प्राविधिक पदमा कार्यरत कर्मचारी सञ्जिव आचार्यको मृत्यू बरणको घटनाले त्यस्तो अवस्था उत्पन्न भएको छ 

उनका आफन्त र सोही टेलिभिजनमा कार्यरत कर्मचारीहरुले दिएको जानकारी अनुसार विगत ६–७ महिनादेखि सो टेलिभिजनबाट तलब नपाएको र सोही कारण अन्ततः हिजो यूएन पार्कको एक रुखमा झुण्डिएर आत्महत्या गरेको आरोप सहितको जानकारी दिए ।
उनका साथीहरुका अनुसार विगत लामो समयदेखि आचार्यले तलबको माग गर्दै आएका थिए । तर ब्यवस्थापनले तलब नदिएपछि उनले साथीहरुसँग सय पचास रुपैया मागेर आफ्नो जीवन चलाउँदै आएका थिए । भने पेट्रोल हाल्ने पैसा नभएर लामो समयदेखि मृतक आचार्यले मोटरसाईकल समेत थन्काएका थिए ।
तलब नदिईरहेकै अवस्थामा केही समय अघि सो टेलिभिजनका कर्मचारीहरुले तलब बढाउन र बक्यौता दिन आन्दोलन समेत गरेका थिए । त्यसबेला सो टेलिभिजनका हर्ताकर्ता रहेका शुभशंकर कडेलले आन्दोलनमा रहेका अन्य कर्मचारीको पाँच हजारको दरले बढाई दिएको र आचार्यको नबढाएपछि उनी फ्रस्टेसनमा रहेको उनका साथीहरुले बताएका छन । सोही क्रममा उनले आत्महत्या गरेको उनीहरुको दावी छ ।
लामो समयदेखि तलब नपाएर पनि काम गरिरहनु परेका कर्मचारीहरुले शुभशंकर कडेलसँग नजिक हुनेहरुले समयमै तलब पाए पनि अन्यले भने लामो समयदेखि तलब नपाएर कठिन जिवन गुजार्नु परेको गुनासो समेत गरेका छन् ।
- रिपोर्टर्स नेपाल डटकम
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला