Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, September 6, 2013

झापामा २६ बर्षीय महिलाले चुम्लायाहा बच्चा जन्माय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
childविराटनगर, भाद्र २१ - झापाको धुलाबारी-२ की २६ वर्षीया दीपा भट्टराईले चम्ल्याहा जन्माएकी छिन् । यहाँस्थित नोबेल मेडिकल कलेजमा शल्यक्रिया गरी बिहीबार दिउँसो २:३७ बजेदेखि ३ बजेसम्म उनले ३ छोरा र १ छोरीजन्माएकी हुन् ।
२८ हप्तामा जन्मिएका शिशुको तौल छोरीको ८ सय ग्राम, दुईको १ किलो २ सय ग्राम र एउटाको १ किलो छ । शिशुहरूलाई श्वासप्रश्वासमा अक्सिजन सेचुरेसनको कमी देखिएपछि अतिसघन उपचार कक्षमा राखिएको छ । 'अढाई महिनामै ४ वटा छन् भन्ने थाहा भएको थियो,' दीपाले भनिन् । निकै पीडा भएपछि उनलाई धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा त्यहाँ भर्ना लिन नमानेपछि विराटनगर ल्याएको दीपाका श्रीमान् घनश्यामले बताए ।
उनले भने, 'त्यहाँ बिरामीका लागि बेड थिएन । यस्तो अवस्थामा भुइँमा राखेर कसरी उपचार चलाउनु भनेर विराटनगर ल्याइयो ।' घनश्याम छिमेक लघुवित्त विकास बैंकका शाखा प्रबन्धक हुन् । दीपा त्यहाँको सूर्योदय बोर्डिङमा पढाउँथिन् ।
सिन्धुलीमाढीमा उनी कार्यरत रहँदा उनी गर्भवती भएकी हुन् । विवाहको तीन वर्षपछि चम्ल्याहा जन्मिएका हुन् । यसअघि पहिलो सन्तान दुई महिनामै खेर गएको थियो । 'त्यसपछि गर्भ अडिएन । हामीले काठमाडौंमा डा. भोला रिजाललाई देखाएका थियौं । उनले दिएको औषधि चलाएको हो,' घनश्यामले भने, 'उनलाई असजिलो होला भनेर मैले धुलाबारी घरमा ल्याएँ । मेरो जागिर पनि पायक पर्नेगरी इलाम सरुवा मिलाएको छु ।'
गत वैशाखदेखि झापास्थित घरमा रहेकी दीपाले गर्भको जाँच ओम मेची हस्पिटलमा गराउँदै आएकी थिइन् । त्यहाँका चिकित्सकले गर्भका शिशुको संख्याका बारेमा नबताए पनि भट्टराई दम्पतीले रेडियोलोजिस्ट मार्फत पत्तो पाएका थिए । दीपा भन्छिन्, 'चार जना छन् भन्ने थाहा पाउनेबित्तिकैदेखि हामी दुवैजना अलि गम्भीर भएका हौं ।' शल्यक्रियापछि जन्मिएका शिशुहरूको अति कम तौलका कारण चिकित्सकहरूले विशेष निगरानीमा राखेका छन् । डा. शान्ति सुवेदीका अनुसार आमाको स्वास्थ्य राम्रो भए पनि शिशुहरूलाई केही समय विशेष निगरानीमा राख्नुपर्ने अवस्था छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला