Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 5, 2013

सामसुंग एन्ड्रोइडमा नेपालीमा टाइप गर्ने निकै सजिलो तरिका

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मैले आज हजुर हरुलाई सामसुंग aindroid मा नेपालीमा कसरि लेखें भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु सजिलो छ चिन्ता नलिनु होला गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम मोबाइल तथा ट्याब्लेटमा प्रयोग हुने
अहिलेको सबै भन्दा चर्चित अपरेटिंग सिस्टम हो। प्रयोगकर्ताको सहजताका लागि प्रविधि को क्षेत्रमा नयाँ नयाँ कुरा भित्र्याउन गुगल निकै खप्पिस छ। यस्तै गुगलले भर्खरै गुगल हिन्दी इनपुट (Google Hindi Input ) भन्ने एप्स
ल्याएको छ जसले देवनागरीमा टाइप गर्न निकै सजिलो बनाइदिन्छ । यदि तपाईंले पहिले नै कम्प्युटरमा गुगल नेपाली इनपुट भन्ने सफ्टवेयर प्रयोग गरिसक्नु भएको छ भने तपाईंले अन्दाज गरिसक्नु भयो होला, यो सफ्टवेयर कस्तो सफ्टवेयर हो भनेर ।

यो सफ्टवेयर इन्सटल गरिसके पछि हामीले नेपाली किबोर्ड को कुनै जानकारी बिना नै नेपालीमा टाइप गर्न सक्छौ। हामीले लेख्नु पर्ने कुरा हामि अंग्रेजीमा टाइप गर्नेछौं र सफ्टवेयरले त्यसलाई स्वतः नेपालीमा रुपान्तरण गर्नेछ। उदाहरणका लागि मलाई "तिम्रो नाम के हो ?" भनेर टाइप गर्नु छ भने मैले "timro naam ke ho ? " भनेर टाइप गर्नु पर्ने हुन्छ।

अहिलेको अवस्थामा एनड्रोइडका लागि गुगल नेपाली इनपुट नआइसकेको हुनाले हामीले गुगल हिन्दी इनपुट बाट नै काम चलाउनु
पर्ने हुन्छ। सायद गुगलले छिटै नेपाली इनपुट पनि एनड्रोइडमा ल्याउने छ।

कसरि इन्सटल गर्ने ?
*. सबै भन्दा पहिले गुगल प्ले स्टोर मा जानुस।
*. Google Hindi Input लेखेर सर्च गर्नुस।
*. पहिलो रिजल्टमा क्लिक गर्नुस र इन्सटल गर्नुस।

इन्सटल त भयो अब कसरि चलाउने ?

इन्सटल भैसकेपछि यो एप्स चलाउनको लागि तपाईंले किबोर्ड सेटिंगमा गएर Input method मा Google Hindi Input छान्नु पर्छ ।
*. पहिले Setting मा जानुस,
*. अनि Language and Input मा जानुस
*. Google Hindi Input मा चिन्ह लगाउनुस्
*. अब तपाई म्यासेजमा जानुस र केहि म्यासेज टाइप गर्नुस
*. किबोर्डको स्पेसमा केहीबेर थिच्नुस, अब Select Input Method देख्न सक्नु हुनेछ,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला