Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, May 20, 2013

छोरीलाई ब्रेन ट्यूमर भएपछि सहयोगको याचना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
(मित्रहरु कृपया तपाइँहरुको WALL
मा यो (सहयोगको अपिल) SHARE गरि धेरै भन्दा धेरै
साथीहरु माझ पुर्याई आफुले सक्दो सहयोग गरेर उनलाई
नया जीबन दिनुहोस;;;

रुपन्देही जेसिस किन्र्डर गार्डेन
हाई स्कुल भैरहवामा अध्ययनरत १२ बर्षिय
बिबिका परियारको ब्रेन ट्यूमर
भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् ।
आर्थिक स्तर अत्यन्त कमजोर भएकाले उपचारमा खर्च
जुटाउन नसकेको भन्दै बिबिकाका बुवा विजय दर्जीले सहयोग गरिदिन अपिल गर्नुभएको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दर्जीले
अहिलेसम्म १२ लाख खर्च भएको जानकारी गराउदै थप
उपचारको लागि समस्या भएकोले इच्छुकलाई आर्थिक
सहयोग गरिदिन आग्रह गर्नुभयो । २०६८ साल
मंसिरदेखि अस्पतालमा भर्ना भएकी छोरी बिबिकाक
पटक अप्रेसन भईसकेको र फेरी ब्रेनमा पानी जमेकाले त्यसको लागि अप्रेशन गर्न खर्च नभएको दर्जीले पत्रकारहरुसंग दुखेसो पोख्नुभयो ।‘उपचार
गर्दा भएको जाएजेथा सकियो’ दर्जीले
भन्नुभयो –‘केहि उपाय छैन कसैले सहयोग गरे
छोरी बाच्थी भन्ने आश छ ।’ भैरहवामा टेलरिङ गरेर
गुजारा चलाउदै आएका दर्जीको उपचारको क्रममा साढे
चार लाख ऋण लागेको सुनाउनुभयो । ‘महिनैपिच्छे काण्ठमाडौं र भरतपुर धाउनुपर्छ,पहिलेको ऋण समेत
तिर्ने सकेको छैन् उहाले भन्नुभयो । छोरीको अवस्था अत्यन्त नाजुक भएकाले सहयोग गर्ने
ईच्छा भएमा किष्ट बैंक भैरहवा शाखाको खाता नम्बर
०१२००१८५९ एन.एसमा रकम जम्मा गरिदिन
दर्जीको अपिल छ । उहाले उपचारका लागि भैरहवाका केहि समाजसेवि र
स्कुलले दुई लाख जति सहयोग गरेपनि छोरीको उपचार
निको नभएकाले समस्या परेको बताउनुभयो ।
बिबिकाको ६ महिना बिर अस्पताल काण्ठमाडौंमा र
भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको छ
। यदि फेरी सफल शल्यक्रिया भएमा निको हुने चिकित्सकले बताएकाले दर्जीले मनकारीहरुसंग
सहयोगको याचना गर्नुभएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला