Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 10, 2013

कागजको पोकोलाई डलर भनि दियर ठगि गरि फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                     
                                            भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
गोपाल दाहाल २४ भदौ, धरान । ठगी गर्ने नटवरलालका हजार दाऊ हुन्छन् । धनकुटाका दुई युवालाई धरानमा बोलाएर आइतबार दुईजना ठगले अमेरिकी डलर भन्दै छाडा कुरा एवं व्यंग्यात्मक उखान लेखिएको कागजको पोको थमाएर करिब ४ लाख रुपैयाँ चप्काएका छन् । आइतबार दिउँसो धरान १४ स्थित हात्तीसार छेउमा ३ लाख ७० हजार नगद, सुनको औंठी र मोबाइलसँग डलर भनेर साटिएको पोकोमा कागजमात्रै भेटिएपछि धनकुटा बजारका तेजबहादुर थापा र योगेन्द्र राईले ठगहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय धरानको शरणमा पुगेका छन् । उनीहरुले डलर भनेर लिएको पोको खोलेर हेर्दा कापीका पाDublicate-dollarनाहरुमात्रै थिए, जसमा अशुद्ध रुपमा लेखिएको थियो- ‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी ।’ धनकुटा नगरपालिकाका कर्मचारी थापा र राई डलर साटेर २ लाख कमाउने लोभमा धरान झरेका थिए । धनकुटामा होटल सावेद एण्ड लज सञ्चालन गर्ने थापाका अनुसार होटलमा बस्न आएका एक युवकले केही समयअघि उनको भिजिटिङ कार्ड लिएर गएका थिए । सोही आधारमा उनले फोन गरेर आफूसँग १७ हजार अमेरिकी डलर रहेको तर साट्न अप्ठ्यारो भएको भन्दै अनुरोध गरेर लोभ देखाएको थापाले बताए । पीडित थापा भन्छन्- ‘यो साट्दा १२ लाख हुन्छ, हामीलाई १० लाख दिनु २ लाख तपाईलाई नाफा भनेपछि हामी लोभियौं ।’ लोभमा परेपछि उनीहरुले धरान आएर होटलमा बोलाए । तर, ठगहरुले हात्तीसारमा आउन आग्रह गरे । हात्तीसार पुगेर थापा र राईले उनीहरुलाई पैसा, औंठी र मोबाईलसमेत दिएर बाँकी पैसा डलर साटेर एक घण्टापछि दिने सहमति गरी फर्किए । थापा र र राईले उनीहरुका सामु पोको खोलेनन् । तर, अलि तल आएपछि पोको खोलेर हेर्दा अमेरिकी डलर भनिएको पोकोमा त पैसाजस्तै पारेर राखिएका कागजका टुक्रामात्रै पो रहेछन् ।कागजमात्रै भए त हुन्थ्यो, त्यसमा व्यंग्य गर्दै चोक्टा खान आएको, झोलमा डुबेर मरिस् भन्ने व्यंग्यसमेत लेखिएको ‘तँलाई ……. को डलर’ भन्ने अश्लील वाक्य लेखिएको भेटेपछि डलर साटेर पैसा कमाउने दाऊमा धरान आएका थापा र राई छाँगाबाट खसेजस्तै भए । राई भन्छन्- ‘तीन मिनेटमै ठगिएको थाहा पायौं, तर उनीहरु भागिसकेका थिए । ‘ पैसा ठग्नेहरुलाई फोन गर्दा ‘दाइ तपाईको भाग्य यस्तै रहेछ’ भनेर जिस्क्याउने गरेको थापा बताउँछन् । साँझमा फोन गर्दा ठगले दाइ तपाई जस्ता धेरै मान्छे हामीलाई चाहिएको छ, धन्यवाद म सप्तरी पुगिसकें भनेको थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी टेकबहादुर तामाङका अनुसार ठगहरुको खोजी कार्य भइरहेको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला