Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 12, 2013

कम्पनी रजिष्ट्रार गर्ने कम्पनीका चार्टर एकाउन्डेन्ट अख्तियारको हिरासतमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                 भिडियो हेर्न माथि क्लिक गर्नुहोस

२६ भदौ, काठमाडौं । सरकारी कार्यालयले आर्थिक अवस्थाको छानविनका लागि खटाएकै व्यक्तिले घुसघोरी धन्दा चलाएपछि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक र एकजना चार्टर्ड एकाउन्टेन्टलाई हिरासतमा लिएको छ ।
CIAAअख्तियारले चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कँडेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीलाई २० लाख घुस लिएको आरोपमा बुधबार हिरासतमा लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाउनुभएको छ ।
चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको उजुरी परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानविनका लागि कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो । मेडिकल कलेजको आर्थिक स्थितिबारे छानविनका लागि परामर्शदाताको नियुक्तिका लागि कम्पनी रजिष्ट्रार कार्यालयले विज्ञापन नै आह्वान गरेको थियो । सो विज्ञापन अनुसार अनामनगरको भानु एसोसिएटका कँडेल परामर्शदातामा नियुक्त भएका थिए ।
आर्थिक स्थितिकोे छानविन गर्न नियुक्त भएका कँडेलले मेडिकल कलेजका सञ्चालकबाट २० लाख घुस लिएको प्रमाणका आधारमा कँडेल र उनलाई परामर्शदाता बनाउन भूमिका खेल्ने कवारीलाई अख्तियारले हिरासतमा लिएको बताइएको छ ।
घुस लिनेलाई हिरासदमा लिइए पनि २० लाख घुस दिने मेडिकल कलेजका सञ्चालकलाई भने अख्तियारले पक्राउ गरेको छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला