Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, April 17, 2013

लाइसेन्स लिन नयाँखाले 'ट्रायल'

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
:: गृहपृष्ठ » मुख्य समाचार » लाइसेन्स लिन नयाँखाले 'ट्रायल' (चित्रसहित) (4 Votes)1 2 3 4 5 मकर श्रेष्ठ१९ सम्बन्धित समाचार पुस २८ , २०६९ डीआइजीको चालक ट्रायलमा फेल भाद्र ३ , २०६९ सवारी प्रदूषण मापदण्ड १३ वर्ष पुरानो श्रावण ३२ , २०६९ लाइसेन्स नवीकरणमा सोझै 'घूस' सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! काठमाडौ,
वैशाख ४ - सवारी चालक अनुमतिपत्र ( लाइसेन्स ) लिने तयारीमा हुनुहुन्छ ? हो भने, अब नयाँ शैलीको 'ट्रायल पास' गर्नुपर्नेछ । यातायात व्यवस्था विभागले सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन बैशाख ८ देखि लागु हुने गरी नयाँ मापदण्ड बनाएको हो । यसकै तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ । पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले 'टी सेप' कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक 'आठ' आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । 'यू' टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको 'आठ' आकारको दूरी पूरा गर्नुपर्नेछ । चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ । विभागका महानिर्देशक सरदचन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सिसि क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुदासम्म सुरक्ष्ाित राखिनेछ । लाइसेन्स परीक्षा समितिले जारी गरेको नजिता चित्त नबुझे सीसीक्यामराले खिचेको भिडियो समेत दखाइने उनले बताए । नया व्यवस्था अनुसार लाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला