![]() |
२३ असोज, काठमाण्डौं । भ्रष्टाचार अभियोगमा १४ महिना जेल जीवन बिताएर काँग्रेस नेता खुमबहादुर खड्का रिहा हुनुभएको छ । बुधवार जेलवाट रिहा भएलगत्तै सदरखोर डिल्लीबजारभित्रै पत्रकार सम्मेलन गरी खड्काले आफूलाई अन्यायपूर्ण तरिकाले जेल हालिएको दोहोर्याउनु भय
कानुनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टीको नेता भएकाले अदालतले गरेको निर्णयलाई स्वीकार गरेर जेल आएको वताउनुभयो । उहाँले भोलिका दिनहरुमा नेपाली काँग्रेसलाई सुदृढ बनाउन, प्रजातन्त्रलाई यो देशमा मजबुद बनाउन, राष्ट्रियतालाई अझ गहिरो बनाउन आफूले प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । मंसिर ४ मा हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका नेताहरुवाट केही कमी कजोरी भएको वताउँदै खड्काले समय अझै भएकाले सच्चाउन आग्रह गर्नुभयो ।
खड्काले विपीका विचार र सिद्धान्त बोकेका नेता तथा कार्यकर्तालाई एक-एक पार्टीभित्रैवाट सिध्याउने कोशिश भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’यदि यो राष्ट्र नरहे हामीले नेपाली भन्न पाउँछौं कि पाउँदैनौं, त्यसकारणले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि कुनै पनि शक्तिसंग, कुनै पनि व्यक्तिसंग सम्झौता हुन सक्दैन ।’ खड्काले राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।
मुलुकलाई द्वन्द्वमा लान खोजियो
खड्काले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई सहमतिमा नल्याएर चुनावमा गएर मुलुकलाई द्वन्द्वमा लैजान खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर चुनावमा गएर द्वन्द्व निम्त्याउन खोजिएको छ । देश अव द्वन्द्वमा जान्छ-जान्छ । कसैले रोक्न सक्दैन ।’
खड्काले काँग्रेसका कार्यकर्ता मारिए त्यसको जिम्मेवारी पार्टी सभापति सुशील कोइरालाले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि देश द्वन्द्वमा गयो भने काँग्रेसका कार्यकर्ता मारिए भने, लुटिन थाले वा पिटाइ खाए भने त्यसको जिम्मेवारी कसले लिने ? जिम्मेवारी पार्टी सभापति कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले लिने किन नलिने ?’ खड्काले मुलुकलाई द्वन्द्ववाट बचाउन प्रजातन्त्रमा आघात आस्था राख्ने जोसुकै दलका व्यक्ति भए पनि मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
राष्ट्र छिन्नभिन्न पारिए सैह्य हुँदैन
खड्काले देशलाई छिन्नभिन्न पार्न खोजिएको प्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पुर्खाले बनाएको नेपाल, पृथ्वीनारायण शाहले बनाएको यो राष्ट्रलाई छिन्नभिन्न गर्ने कोशिश हुँदैछ । यो नेपाली जनतालाई सैहृय हुँदैन ।’ खड्काले आफूहरु अन्तिम सास रहुन्जेलसम्म पनि राष्ट्रियताका सवालमा लड्ने प्रतिवद्धता जनाउनुभयो ।
कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि
खड्काले संविधानसभाको निर्वाचनका लागि पार्टीले बाँडेको टिकटप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘टिकट वितरणमा केही त्रुटी भएको छ । तर, टिकट नपाएकै कारण पार्टी छोडेर साथीहरुले गल्ती गरेका छन् । छोडेका साथीहरु तपाई पार्टीमा फर्किनुस् । पार्टीभित्रै संघर्ष गर्ने हो भाग्ने होइन ।’ खड्काले अब टिकट वितरणलाई मुद्दा नवनाएर पार्टीका नेताहरुलाई चुनावमा जिताउनका लागि आफूले सकेसम्म आफ्नो बल बुँताले भ्याएसम्म शक्ति, तन, मन, धन दिन आग्रह गर्नुभयो ।
एमाओवादीले ठुल्ठुल्ला लड्डु बाँड्यो
खड्काले चुनावमा नेपाली काँग्रेसले जितेमात्र मुलुकको प्रजातन्त्र दिगो हुने दावी गर्नु भयो । उहाँले एमाओवादीले ठूल्ठुला लड्डु बाँडेर मुलुकलाई बर्बाद पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’हिजो एमाओवादीलाई हेर्नुभयो, ठुल्ठूला लड्डु बाँडेर मुलुकलाई बर्बाद बनायो । त्यसैले मुलुकमा प्रजातन्त्र दिगो बनाउन काँग्रेसलाई जिताउनुस् ।’
काँग्रेसलाई जिताउन पहल गर्छु
खड्काले आफूले अब चुनाव नेपाली काँग्रेसलाई जिताउन आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने वताउनुभयो । खड्काले आफू अहिले पनि पार्टीको केन्द्रीय सदस्य भएकाले महाधिवेशन नहोउन्जेल पार्टीलाई सुदृढ वनाउन प्रयास गर्ने वताउनुभयो । उहाँले चुनावी प्रचारका लागि पार्टीले खटाए आफू जिल्ला जिल्लामा गएर चुनावी प्रचारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
दुई न्यायाधीशको फैसलाले मलाई रोक्दैन
खड्काले दुईवटा न्यायाधीशले आफ्नो राजनीतिक भविष्यको फैसला गर्न नसक्ने दावी गर्नु भयो । खड्काले आफू साच्चिकै भ्रष्टाचारी भएको भए, साच्चि नै मैले घुष खाएको भए कुन फाइलमो भ्रष्टाचार गरे । कसले भन्यो घुष खायो भनेर भ्रष्टाचार गर्यो भनेर देखाउनु पर्यो नि त ?’ आफू विपीको लाइनको मान्छे भएकाले वदनाम गराउनका लागि आफूमाथि षडयन्त्र गरिएको भन्दै खड्काले दुई न्यायाधीशको फैसलाले आफूलाई
रोक्न नसक्ने वताउनुभयो ।
उहाँले भन्नुभयो,’दुईवाट न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्ने होइन । मैले जेलमा आउँदा पनि भनेको थिए त्यही कुरा दोहोर्याउँछु । ‘ उहाँले अदालत नभई अन्तिम निर्णायकर्ता नेपाली जनता भएको आफ्नो राजनीतिक भविष्य र देशको फैसला नेपाली जनताले नै गर्ने वताउनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला