Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, October 12, 2013

युएईका युवराज आफ्नै निजि बिमान लियर काठमांडौमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, आश्विन २६ - संयुक्त अरब इमिरेट्स (युएई)का युवराज सेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा शुक्रबार राति काठमाडौं आएका छन् ।
पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आउनुभएका उहाँलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे ।
अल सर्की युएईको फुजैरा राज्यका युवराज हुन् । उक्त देशका छवटै राज्यमा राजपरिवारका उच्च सदस्यले शासन सम्हाल्ने कानुनी व्यवस्था छ ।
युएईमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका कारण पनि त्यहाँका युवराजको नेपाल भ्रमण अर्थपूर्ण रहेको अनुमान गरिएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ । नेपाल र युएईबीच २०३४ साल पुसमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक युएईसँग व्यापार, आर्थिक सहयोग, लगानी आकर्षण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न पछिल्ला वर्षहरूमा दुबै मुलुकले चासो देखाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला