Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, October 13, 2013

गुगलका यी १२ सुविधाहरु सायद तपाईलाई थाहा छकी थाहा छैन भने हेर्नुइहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

गुगल विश्वमा सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सर्च इन्जिन साथै विभिन्न क्षेत्रमा हात हालेर आफ्नो छुट्टै अस्तित्व कायम गर्न लागिपरेको कम्पनी गुगलका सर्च इन्जिन नै सबैभन्दा ठुलो सम्पत्ति हो । गुगलले आफ्नो सुरूवातदेखी नै सर्च इन्जिन मार्फत विश्वमा आफ्नो प्रभुत्व कायम राखेको छ ।
यही गुगलले आफ्नो सर्च इन्जिनका साथै उक्त सर्च इन्जिनमा धेरै सुविधाहरू दिने गर्छ । यस कारण पनि यसको प्रयोगकर्ताले यसलाई छाड्न सक्दैनन् । गुगलले केही यस्ता सुविधाहरू दिएको छ जुन धेरैलाई थाहा नहुन पनि सक्छ । केही सुविधा प्रयोग गरेको भएपनि सबै सुविधाबारे जानकारी भने धेरैले नराख्नुभएको हुन सक्छ । ती सुविधामध्ये १५ वटा सुविधा जुन गुगलले सर्च इन्जिनको साथमा दिने गर्छ, ती थाहा पाऔ...

१. क्यालकुलेटरः गुगलले दिएको सुविधामध्येको एक हो क्यालकुलेटर । सायद धेरैलाई गुगलले क्यालकुलेटरको सुविधा दिएको छ भन्ने कुरा थाहा नहोला तर गुगलको सर्च इन्जिनमा गएर क्यालकुलेटर टाइप गरी क्यालकुलेटर प्रयोग गर्न सकिन्छ । यसमा हामीले प्राय प्रयोग गर्ने साइन्टिफिक क्यालकुलेटरको काम ग्रन सक्ने क्षमताको क्यालकुलेटर सुविधा लिन सकिन्छ ।

२. साइट सर्चः यदी तपाईलाई कुनै साइटको मात्र समाचार या सुचनाहरू हेर्न मन लागेमा गुगलको सर्च बारमा पुगेर साइट र कोलन टाइप गरेर साइटको नाम दिए । तपाईले चाहेको साइटको सूचना मात्र दिन्छ ।

३. कन्भर्टरः यदी तपाईलाई आफ्नो तौल, दूरी, तापक्रम एकबाट अर्कोमा कन्भर्ट गर्न मन लागेको छ भने पनि यो सुविधा गुगलले दिएको छ । तपाईले देशको कुनै रकम बराबरको मुद्रा अर्को देशको मुद्रासँग साटेर कति रहेछ हेर्नु परेमा समेत गुगलले तपाईलाई सुविधा दिएको छ ।

४. समयः यदी तपाईलाई कुनै ठाऊँको समय थाहा पाउन मन लाग्यो भने गुगलमा 'time in <place>' टाइप गरेर सर्च गर्नु भयो भने त्यसले तपाईले चाहेको स्थानको समय उपलब्ध गरिदिन्छ ।

५. भाषा परिवर्तनः तपाईलाई यदी कुनै एक भाषालाई अन्य कुनै अर्को भाषामा परिवर्तन गर्नुपर्ने भएमा पनि गुगलले यो सुविधा दिएको छ । यसका लागी सर्चबारमा पुगेर translate.google.com टाइप गरेर इन्टर थिच्नु भयो भने यसले तपाईलाई ट्रान्सलेट गर्ने पेजमा पुर्याइदिन्छ ।

६. फाइल टाइपः यदी तपाईलाई कुनै फोटो, फाइल मात्र सर्च गर्नुपर्यो भने पनि गुगलले सहजै यो सुविधा दिएको हुन्छ । यदी तपाईलाई वर्ड या पिडिएफको फाइल मात्र खोज्नु पर्यो भने शीर्षक टाइप गरेर पिडिएफ या वर्ड मात्र गर्दा त्यसले तपाईले चाहेको फाइल मात्र देखाउँछ ।

७. हवाईजहाजको समयः यदी तपाई कुनै ठाऊँमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ र तपाईलाई त्यहाँबाट विमान कतिबेला जान्छ भन्ने समय थाहा छैन् भने पनि प्रमुख शहरहरू जाने समयका विषयमा गुगलबाट नै थाहा पाउन सक्नुहुन्छ ।

८. फिल्म हलः तपाईलाई कुनै फिल्म हलमा फिल्म हेर्न जान मन लाग्यो तर उक्त हलमा कुन चलचित्र लागेको छ र कतिबेला कुन शो सुरू हुन्छ भन्ने थाहा छैन् र थाहा पाउन चाहनुहुन्छ भने गुगलले तपाईलाई साथ दिने छ । यो सुविधा प्राय विकसित देशहरूमा भेटिने गरिन्छ ।

९. मौसमबारे जानकारीः गुगलले तपाई रहेको ठाऊँको मौसम बारे पनि जानकारि दिन सक्छ । तपाईले यदी तपाई रहेको ठाऊँको अवस्था कस्तो छ र कस्तो हुनेछ भन्ने थाहा पाउन मन लागेपनि गुगल प्रयोग गर्न सक्नुहुन्छ ।

१०. स्पेसिफिक सर्चः तपाईले कुनै शब्द टाइप गरेर खोज्दा त्यसले धेरै थरीका सूचनाहरू दिने गर्छ । तर तपाईले चाहेकै किवर्डमा सूचना दिओस् भन्ने चाहनुहुन्छ भने त्यो वर्डलाई ' ' ले कोट गरेर सर्च गर्नुभयो भने यसले उक्त शब्दसँग नजिक भएका सूचना मात्र दिन्छ ।

११. सार्वजनिक सूचनाः तपाईलाई कहिले काही आफ्नो स्थानका बारेमा जानकारी लिन मन लाग्छ या कहिले काही जानकारी आवश्यक भएको हुन्छ त्यस्तो बेलामा तपाईले सहजै उक्त ठाऊको बारेमा जानकारी हासिल गर्न सक्बु हुन्छ । उक्त ठाऊँको जनसंख्या, बेरोजगारीको संख्या, अन्य जानकारीहरू समेत गुगलबाट थाहा पाउन सक्नुहुन्छ ।

१२. सम्बन्धित सर्चः यदी तपाईलाई कुनै विषयका सम्बन्धमा या त्यससम्बन्धी अन्य जानकारी आवश्यक परेमा 'related:' टाइप गरेर सर्च गरे सम्बन्धित सूचनाहरू पाउन सक्छ । source :nepalihradlines
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला