Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, October 20, 2013

चुनाबकोलागि खटियका सेनाको गाडी धनकुटा भेडेटारमा दुर्घटना ११ जना सेना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
३ कात्तिक, धनकुटा । धनकुटाको भेडेटार नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ ।
चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर धनकुटा प्रस्थान गरेको लु १ ग ९६ नम्बरको सैनिक ट्रक आइतबार दिउँसो भेडेटारबाट मुलघाटतर्फ ओरालो लाग्दा कार्कीछाप नजिकै ब्रेक फेल भएर दुर्घटना भएको हो । इटहरीस्थित सैनिक स्रोतका अनुसार अनियन्त्रित ट्रकलाई भिरतर्फ खस्न नदिन चालकले भित्तामा ठोक्काएका थिए । त्यसक्रममा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ट्रकका अगाडि बसेका क्याप्टेन र चालक केही गम्भीर घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला मेमोरियद अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ भने मोटरसाइकल चालक पनि घाइते छन् ।
चुनावी सुरक्षाका लागि तीन बटा ट्रकमा सेना धनकुटा गएको थियो । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि आइतबारबाट देशभर नेपाली सेना परिचालन भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला