Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, October 4, 2013

नेकपा एमालेको नेता माथि गोलि प्रहार गंभिर घाइते हेलिकप्टर द्वारा काठमाण्डौ ल्याइयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१८ असोज, वीरगञ्ज । बाराको परवानीपुरमा अज्ञात समूहले नेकपा एमालेका नेता तथा संविधानसाभाका उम्मेद्वार मोहमुद आलममाथि गोली प्रहार गरेको छ । आलमलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ ।
आलमलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ । परवानीपुर अस्पताल अगाडि आफ्नै गाडीमा रहेका बेला भारतीय नम्बर प्लेटको मोटरसाइलमा आएका व्यक्तिले उहाँलाई नजिकैबाट कञ्चटमा गोली हानेको र उहाँको अवस्था अचेत रहेको बताइएको छ । उहाँलाई बाराबाट चिकित्सकलाई समेत हेलिकोप्टरमै राखेर काठमाडौ ल्याइएको छ ।
घटनापछि बाराको परवानीपुरवासीहरु स्तब्ध एवं त्रसित भएका छन् । उम्मेद्वारी दर्ताको भोलिपल्टै भएको गोलीप्रहारबाट अन्य उम्मेद्वारहरु त्रसित बनेका छन् । शोकमग्न एमाले कार्यकर्ताहरुले उपचारका लागि हेलिकोप्टर झिकाउन ढिलाइ भएको गुनासो गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै परवानीपुरमा चक्काजाम गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सीमा क्षेत्रमा ‘सील’ गरेर अपराधीहरुको खोजी कार्य तीव्र पारिएको प्रतिक्रिया दिनुभएको छ ।
एमालेका तर्फवाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका आलममाथि शुक्रवार मध्यान्ह परवानीपुरस्थित चवासती मिल अगाडि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आलममाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । आलमको कञ्चटमा गम्भीर चोट लागेको छ ।
राम्रो छविका नेता
एमाले नेता आलम बारामा राम्रो राजनीतिक व्यक्तिका रुपमा चिनिने एमाओवादीका पूर्वसभासद जयराम दाहालले आनलाइनखबरलाई बताउनुभयो । ‘उहाँ जिल्लामा राम्रो राजनीतिक छवि भएका विवादरहित एमाले नेता नेताका रुपमा हामीवीच परिचित हुनुहन्छ ।’ दाहालले भन्नुभयो ।
अहिल्लो संविधानसभ निर्वाचनमा आलम बारा ४ मा तमलोपामा जितेन्द्र प्रसाद सोनारसँग एमालेका तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोनारको ९ हजार ६ सय २४ मत आएको थियो भने आलमले ८ हजार ४ सय ५३ मत ल्याउनुभएको थियो । बारा ४ मा कांग्रेसका फरमुल्लाह मन्सुर चौथो स्थानमा हुनुहुन्थ्यो भने एमाले चौथो स्थानमा थियो ।
यसपालिको चुनावमा एमालेबाट आलमले बारा ४ मा टिकट पाएर विहीबारमात्रै उमेद्वारी दर्ता गर्नुभएको छ । तर, उम्मेद्वारीको विषयलाई लिएर जिल्ला पार्टीमा एमालेको अर्को समूह आलमसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । स्रोतका अनुसार मुस्लिम समुदायका नेता आलम राष्ट्रवादी धारका वाम नेताका रुपमा चिनिनुहुन्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला