Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, October 9, 2013

दोलखाको मेलुङमा बस दुर्घटना, प्रहरी जवानको मृत्यु ९ जना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


दोलखा, आश्विन २३ - दसैंमा घर जाने यात्रु बोकेको बस दोलखा मेलुङमा दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
पुष्पलाल मार्गको मालुखोलाबाट करिब ४ किलोमिटर मेलुङतर्फको कच्ची सडकमा बुधबार साँझ साढे ४ बजे भएको दुर्घटनामा ९ जना घाइते छन् । मृत्यु भएका करिब ३० वर्षीय दिपात नेपाल प्रहरीका जवान भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
काठमाडौंबाट यात्रु बोकेर छुटेको बा २ ख ९८०४ नम्बरको बस उकालो चढ्दैगर्दा चिप्लिएर सडकमै पल्टिएको घाइतेहरुले बताएका छन् । अरनिको यातायात समितिको उक्त बसमा मेलुङ र डाँडाखर्क गाविसका करिब ४५ यात्रु सवार थिए ।
दुर्घटनामा घाइतेहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको डाँडाखर्कका रविन लामाले बताए । घाइते सबैलाई उद्धार गरी चरिकोट ल्याइएको छ ।

दुर्घटनामा घाइतेहरुः

१) रिना तमाङ- डाडाखर्क गाविस
२) प्रवीन श्रेष्ठ- मेलुङ गाविस
३) नारायण श्रेष्ठ- मेलुङ गाविस
४) नवराज थोकर- डाँडाखर्क गाविस
५) हिरा थोकर- डाँडाखर्क गाविस
६) ज्ञानबहादुर तमाङ- डाँडाखर्क गाविस
७) सन्तबहादुर मगर- डाँडाखर्क गाविस
८) दिनेश मगर- गाविस
९) कुमार खड्का- डाँडाखर्क गाविस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला