Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, October 11, 2013

ब्वायफ्रेण्डले सेक्स गर्न नमाने पछी प्रेमिका द्वारा चक्कुले च्वाट्टै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।
अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८ वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ ।stab
डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए । अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे ।
ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला