![]() |
२४ असोज, काठमाडौं । मध्यबानेश्वरस्थित कष्णभोग पार्टी प्यालेसमा विहीबार दिउँसो २ बजेदेखि दशैंको शुभकामना आदान-प्रदान गर्दै जलपान गर्नेहरुको भीडभाड थियो । पार्टी ‘कार्यालय’ नभएर पार्टी ‘प्यालेस’ भएको हुनाले त्यहाँ जलपान र खाजापानी पनि राम्रैसँग चल्यो । दसैं, तिहार र छठ तीनवटै चाडका नाममा आयोजना गरिएको कार्यक्रममा एमाले नेतृ विद्या भण्डारी, पूर्व उपमेयर विदुर मैनाली र काठमाडौं १ की एमाले उम्मेद्वार विद्या न्यौपानेको आतिथ्य रहेको थियो ।
त्यसैगरी काठमाडौं क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहको उपस्थितिमा भोलि शुक्रबार दिउँसो ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान-प्रदानका साथै ‘चियापान’ कार्यक्रमको आयोजना गरिएको छ ।
दशैं, तिहार र छठको मुखमा चुनाव आएकाले उम्मेद्वारहरुको निम्तोबाट यसपालि चाडबाडका नाममा मतदाताहरुले राम्रैसित मिठाइ, मनभोग र लड्डु खान पाउने भएका छन् । कसैले निजी विहेबटुलो गर्दा ५१ जनाभन्दा बढीको सहभागिता गर्न नपाइने भन्दै आदेश दिने अख्तियारले पनि पार्टी प्यालेस र ब्याङ्क्वेटमा हुने यस्ता ‘जलपान समारोह’मा कति मानिस सहभागी भए भनेर खोज्ने कुरै भएन ।
हुन त निर्वाचन आयोगले तीन दिनअघिमात्रै एउटा सूचना जारी गरेर चाडबाडका नाममा यस्ता जलपान कार्यक्रम नगर्न उम्मेद्वार, दलका नेता र तिनका भातृ संगठनलाई निर्देशन दिइसकेको छ । निर्वाचन आयोगले दशैं, तिहार र छठजस्ता अवसर पारी जलपान र भोजभतेर जस्ता कार्यक्रमहरु गर्न नपाउने निर्देशन दिए पनि राजनीतिक दलका नेता, भातृ संगठन र उम्मेद्वारहरुले दशैंका नाममा धमाधम भोजभतेर र जलपान गर्न थालेका छन् ।
यसैवीच एकीकृत नेकपा माओवादीको काठमाडौं-सोलुखुम्बु सङ्घीय गणतान्त्रिक मञ्चले पनि विहीबार राजधानीमा दसैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरेको थियो । कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, केन्द्रीय सदस्य लक्की शेर्पा, बालकृष्ण ढुङ्गेल र राजकुमार शर्मालगायतले मन्तव्य दिएका थिए ।
निर्वाचन आयोगले आफ्नो सूचनामा भनेको छ, ‘निर्वाचन प्रचार प्रसारको सिलसिलामा दशै, तिहार, छठ जस्ता अवसर पारी राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारीहरु समेतले जलपान, भोजभतेर जस्ता कार्यक्रमहरु संचालन गर्न नपाउने गरी रोक लगाउने ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला