![]() |
उर्लाबारी ३० भदौ, सामान्यतः मधेसी समुदायका महिलाहरू पुरुषले सम्हाल्दै आएको 'परम्परागत पेशा'मा हात हाल्दैनन् । तर, हेमन्ती ठाकुर अपवाद मात्र होइन, उदाहरणीय नै बनेकी छिन् । जसले लिङ्ग भेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेश गरेकी छिन् । हेमन्ती पेशाले हजाम हुन् । ' पिछडावर्ग सम्वन्वय समिती उर्लाबारीकी सचिब समेत रहेकी उनलाई उर्लाबारी–४ स्कुलडाँडा चौकको सैलुनमा पुरुषको कपाल काट्न यतिबेला भ्याइनभ्याइ छ । परपुरुषको छेउ पर्दा समेत असहज र आशंका हुने समाजमा पुरुषकै अनुहारलाई 'मसाज' समेत गर्नुपर्ने पेशा किन अंगालिन् त हेमन्तीले ? सहज रुपमा जवाफ उनैबाट आयो 'बन्द कोठामा काम गरेको त होइन नि, किन मान्नु असहज ?' हेमन्ती भन्दै गइन्– 'आफ्नो पेशाप्रति इमान्दार छु । जसले जे जानेको छ त्यही कर्म गर्नुपर्छ ।' पेशागत मर्यादाप्रति प्रतिबद्ध रहेकी यी महिला ब्यूटिपार्लरको नाममा बन्द कोठाभित्र पुरुषको सोरश्रृङ्गार हुनुलाई चाहिँ अनुचित मान्छिन् र हेमान्ति भन्छिन् –'कुनै पनि पेशामा पारदर्शिता भएन भने विकृति जन्मन्छ ।' पुरुषको कपालका साथै जुंगादाह्री चिटिक्क पार्ने र अनुहारमा 'फेसवास' गर्ने यी कामहरू गर्न उनलाई कत्ति पनि संकोच लाग्दैन रे । 'बरु नयाँ सेवाग्राही चाहिँ अप्ठ्यारो मान्छन्' – हेमन्तीले भनिन् –'अप्ठ्यारो मान्ने दाजुभाइलाई निर्धक्क भएर सैलुनको कुर्सीमा बस्न आग्रह गर्छु । सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल दाह्री काट्दा असजिलो लागेको पनि उनले स्मरण गर्न भ्याइन् ।
उर्लाबारी–५ मा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले दुई वर्षयता पतिको 'बिडो' थाम्दै आएकी हुन् । पतिकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उनको भनाइ छ । हेमन्ती भन्छिन्–'उहाँ (श्रीमान्) विदेश गएपछि पतिकै पेशालाई निरन्तरता दिएकी हुँ । तीन लालाबालाका साथ रहँदै आएकी हेमन्तीले आफ्नो कमाइले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको 'रेमिट्यान्स'लाई वचत गर्ने गरेको बताउँछिन् । उनले साहसी र व्यावसायिक महिलाको काम गरेकी छन्," स्थानिय सुजता राईले भनिन्, "सामाजिक विभेद अन्त्यका लागि पनि उनले अंगालेको अभियानलाई सम्मान गरिनुपर्छ । कार्की भन्छिन्— घर मै गफ गरेर समय कटाउने महिलाहरूले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नु पर्छ भन्ने छैन् । सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कनै नसक्ने उक्त क्षेत्रमा एक्लै महिलाले साहस गरेको उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघ संस्थाले पनि सम्मान गरेको छ । "महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ," उनले भनिन्, "कैयौं युवा विदेश गएर रित्तो हात फर्केका छन्, कोही गाउमै बेरोजगार छन्, उनीहरुलाई पनि आफ्नै ठाँउमा केहि गरौ भन्न चाहान्छु".jpg)
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
उर्लाबारी–५ मा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले दुई वर्षयता पतिको 'बिडो' थाम्दै आएकी हुन् । पतिकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उनको भनाइ छ । हेमन्ती भन्छिन्–'उहाँ (श्रीमान्) विदेश गएपछि पतिकै पेशालाई निरन्तरता दिएकी हुँ । तीन लालाबालाका साथ रहँदै आएकी हेमन्तीले आफ्नो कमाइले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको 'रेमिट्यान्स'लाई वचत गर्ने गरेको बताउँछिन् । उनले साहसी र व्यावसायिक महिलाको काम गरेकी छन्," स्थानिय सुजता राईले भनिन्, "सामाजिक विभेद अन्त्यका लागि पनि उनले अंगालेको अभियानलाई सम्मान गरिनुपर्छ । कार्की भन्छिन्— घर मै गफ गरेर समय कटाउने महिलाहरूले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नु पर्छ भन्ने छैन् । सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कनै नसक्ने उक्त क्षेत्रमा एक्लै महिलाले साहस गरेको उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघ संस्थाले पनि सम्मान गरेको छ । "महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ," उनले भनिन्, "कैयौं युवा विदेश गएर रित्तो हात फर्केका छन्, कोही गाउमै बेरोजगार छन्, उनीहरुलाई पनि आफ्नै ठाँउमा केहि गरौ भन्न चाहान्छु"
.jpg)
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला