![]() |
माथि भिडियो हेर्नुहोस
दशैं नेपालीको घर आँगनमा भित्रिएपछि नेपाली सिनेमाका कलाकारहरु पनि आ-आफ्नै तयारीमा लागेका छन् । कोहि विदेशमा आयोजना हुने कार्यक्रमका लागि पुग्ने तयारीमा छन् भने कोही पुगिसकेका छन् । नेपालमै रहने कलाकारहरु भने आफन्त र परिवारको साथ दशैं मनाउने तयारीमा छन् ।
नायिका नन्दिता केसीको हातमा सिनेमा नभएकाले पनि उनी चाँडै नै घर पुगेकी छिन। आफू भन्दा ठूलाबडाको हातबाट टिका लगाउन पाउने हुँदा पनि दशैँ विशेष रहने उनको तर्क छ । तास खेल्ने खासै आउँदैन भन्ने नन्दिता माछा मासुको पनि खासै क्रेजी नभएको बताउँछिन् । रातो टिका र जमरामा सजिन पाउँदा उनी दंग हुन्छिन् ।
यसबर्षको दशैं कतारमा मनाउने तयारीमा रहेकी नायिका पि्रयंका कार्कीले दशैंको चिसो मौसम र हरियालीले आफूलाई आकषिर्त गर्ने बताउँछिन । दशैंमा पशु बली दिएको मन नपराउने यि नायिकाले आफ्नो घरमा पनि पशुको बली कहिले नदिने गरेको खुलाइन् ।
kalakar-dashainनायिका गरिमा पन्तका लायि यसबर्षको दशैं विशेष हुनेछ । दशैं मनाउन तनहुँ पुगिसकेकी उनले रातो टिका, जमरा र पिङ आफ्नो लागि बिशेष रहेको बताउँछिन् । खसी ढालेर, तास खेलेर रमाइलो गर्दै दशैं मनाउने योजनामा छिन् उनी ।
नायिका रेखा थापा भने दशैंसँगै चुनावी रमझममा पनि ब्यस्त हुनेछिन । उनी यो बर्षको दशैंमा चुनावको रन्को र कालीको प्रचारमा व्यस्त हुँदैछिन् । तर पनि दशैंमा रमाइलो गर्ने कोशिश रहने रेखा बताउँछिन् । चुनाव र सिनेमाको प्रचारलाई अगाडी बढाउँदै टिका थाप्न गृहजिल्ला मोरङ पुग्न रेखाले भ्याउनेछिन् ।
लूटका चर्चित नायक सौगात मल्लको दशैंको मास्टर प्लान भने अर्कै छ । चलचित्र उत्सवको छायांकनमा व्यस्त सौगात दशैंमा भने समय निकाल्ने तयारीमा छन् ।
दशैंमा टीका लगाउने चितवन पुग्ने योगना बनाएका उनले दशैंलाई आराम गर्ने समयका रुपमा लिएको बताए ।
नव कलाकार अशिष्मा नकर्मीले दशैंको शुभकामना दिदै यो बर्ष टिका लगाउन नहुने जानकारी दिइन । दशैंमा आफ्नो लागि पिङ बिशेष हुने उनको तर्क छ । उनलाई आफू अझै पनि केटाकेटी छु जस्तो लाग्छ । तास, जुवा नखेल्ने र रक्सी नपिउने बताउने अशिष्मा दशैंमा चंगा र पिङ विशेष मन पर्ने बताउँछिन् । उनले आफूभन्दा ठूलाबडाको आर्शिवाद पनि दशैंको महत्व झल्काउने एउटा विशेषता भएको बताइन् ।
नायिका बेनिशा हमाल पनि दशैं मनाउन बिहीवार नै चितवन पुगिसकेकी छिन् । उनले टिकाको दिन नै दशैंको मुख्य विशेषता भएको तर्क गरिन् । लामो समयपछि घर जाँदा, आफन्तहरुसँग भेटघाट हुने भएकाले पनि आफ्नो लागि दशैं विशेष रहेको उनको तर्क छ ।
यस्तै नायक बाबु बोगटीले यसपटकको दशैं आफ्नै परिवारसँग मनाउने बताएका छन् । यसबर्ष नै बिहे बन्धनमा बाँधिएका बाबुले यसपालिको दशैं केही बिशेष हुने बताए ।
नायिका अनु शाहका लागि दशैंमा मनपर्ने भनेको रातो टिका र आर्शिवाद हो । पिङ भनेपछि हुरुक्कै हुने उनलाई एकपटक धर्ती छोड्नु पर्छ भन्ने लाग्छ । काठमाण्डौमै परिवारसँग बसेर रमाइलोसँग दशैं मनाउने योजनामा उनी छिन् । अविवाहित अनुलाई तास खेल्न खासै आउँदैन । यसैले पनि उनी किचेनमा नै व्यस्त हुनेछिन् ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला