Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, October 10, 2013

अस्पतालको अगाडी चौरमै टुक्रुक्क बसेर यसरी बच्चा जन्माइयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
स्पतालको चौरमा एक महिलाले रुँदै बच्चा जन्माइरहेको तस्वीरले अहिले विश्वभर नै तहल्का मच्चाइरहेको छ । मेक्सिकोको एक अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ । उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महि
लालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ ।
bachha1
वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् । तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे । अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन । त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो ।
यो अमानवीय घटनाको पर्दाफास भएपछि ओआक्जाका राज्य सरकारले उक्त स्वास्थ्य केन्द्रका प्रमुखलाई निलम्बन गरी घटनाको छानविन सुरु गरेको छ ।
लोपेजले बच्चा पाउनका लागि अस्पतालमा जाँदा त्यहाँका नर्सले अझै बच्चा पाउने बेला भएको छैन भनि फर्काएका र आफुलाई सुत्केरी व्यथाले च्याँपेर चौरमै बच्चा जन्मिएको बताइन् । आफुले स्पेनिस भाषा नजान्ने भएकाले नर्सले बोलेका अरु कुरा नबुझेपनि हुँदैन भन्ने शव्द बुझेकाले आफु अस्पतालबाट बाहिरिएको उनको भनाइ छ । सुत्केरी व्यथाले च्याँपेर अस्पताल पुगेकी महिलालाई जातियताकै आधारमा फिर्ता गरेका नर्सले भने आफ्नो बचाउ गर्दै भाषाकै कारणले त्यस्तो घटना भएको दाबी गरेका छन् । नर्स विभागकी प्रमुखले कर्मचारीहरुको संख्या कम भएको र आंशिक रुपमा काम समेत रोकिएकाले ती महिलालाई फर्काउन बाध्य भएको बताइन् ।
b2
नर्सले फर्काएपछि घरतिर लाग्दै गर्दा व्यथा निकै बढेपछि उनी अस्पतालकै चौरमा टुक्रुक्क बसिन् र बच्चा त्यहीँ जन्मियो । उनका लोग्ने नर्सलाई बोलाउन जाँदा सुरुमा नर्सहरु आएनन् र पछि ठूलै भिड जम्मा भएपछि मात्र नर्सहरु आएर उनलाई भित्र लगे ।
स्मरण रहोस् ओआक्जा मेक्सिकोको सबैभन्दा गरीब प्रान्त हो । त्यहाँ शिशु तथा मातृ मृत्युदर उच्च रहेको छ । त्यो क्षेत्रमा आदिवासी समुदायको समेत बसोबास छ ।
लोपेजले चौरमा जन्माएको आफ्नो छोराको नाम साल्भाडोर राखेकी छिन् । त्यसको अर्थ रक्षक भन्ने हुन्छ । आफ्नो छोराले आफ्नो ज्यान आफै बँचाएकाले त्यस्तो नाम राखेको उनी बताउँछिन् । उनका अरु दुइ छोराछोरी पनि छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला