![]() |
मन्थली (रामेछाप), आश्विन १९ - मन्थलीबाट यात्रु वोकेर रामेछाप हुँदै साँघुटार जाँदै गरेको यात्रुवाहक बस रामेछाप गाविसको वावियाखर्कको आइतबारे भीरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि ६० भन्दा बढी घाइते छन् । मृत्यु हुनेमा रामेछाप गोठगाउँ गाविस- १ कि गोमा भण्डारी छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । भण्डारीको रामेछाप सामुदायिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो भने अन्य दुई तामाकोशी सहकारी अस्पतालमा भर्ना गरिएका थिए । दुर्घटनामा परेका अधिकांश यात्रु ओखलढुंगा जिल्लाका छन् ।
सिमसीम पानी परिरहेको बेला उकालो जाँदै गरेको वस पछाडि सर्दै दुर्घटनामा परेको हो । बस सडकबाट करिव ६० मिटर तल झरेको थियो । वस दुई टुक्रा भएको छ । छतमा रहेका यात्रु हाम फालेर वचेका थिए भने भित्रका अधिकांश यात्रु घाइते भएका छन् ।
बसभित्र रहेका घाइतेहरुलाई स्थानीय वासिन्दा र सुरक्षाकर्मीको सहयोगले निकालिएको थियो । बस लडेको स्थानमा यात्रु किचिएको हुन सक्ने अनुमान उद्धारकर्मीले गरेका छन् ।
साँझ ५ वजे तिर भएको दुर्घटनाको खबर आउना साथ जिल्ला सदरमुकामबाट सेना, सत्रस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, पत्रकार लगाएत सयौं उद्धारकर्मी घटनास्थल पुगेका थिए । सडकबाट भिरको वाटो हुदै अधिकांश बिरामी बर्कोमा पोको पारेर सडक सम्म निकलेका थिए । दुर्घटनाको खवर पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायव उपरिक्षक विमलराज कणेल लगाएत घटनास्थल पुगेका थिए ।
तामाकोशी सहकारी अस्पताल , रेडक्रस र प्रहरीका सवारी साधनले घाईतेहरुलाई कोचाकोच हालेर जिल्ला सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पताल सम्म लगेका थिए । अस्पतालमा विरामी राख्ने स्थानको अभाव छन् ।
तामाकोशी सहकारी अस्पताल २४, रामेछाप सामुदायिक अस्पताल २०, मन्थली पोलिक्लिनीकमा ५ जनालाई भर्ना गरिएको छ । अन्य सामान्य विरामी दर्जनौ छन् । उपचारको लागि भर्ना भएकोमा अधिकांशको अवस्था गम्भीर छ ।

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला