Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, October 1, 2013

साना अण्डकोष हुने पुरुषमा यौनेच्छा कम हुन्छ बच्चा स्यहर्नामा बढी जाँगर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अमेरिकामा गरिएको एक नयाँ अध्ययनले निकै रोचक तथ्यहरु बाहिर ल्याएको छ । त्यस अध्ययन अनुसार साना अण्डकोष हुने पुरुषहरु बच्चा स्याहार्ने काममा लाग्छन् ।
एटलान्टाको इमोरी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार सरीरमा सेक्स हर्मोनको मात्रा कम हुने पुरुषका अण्डकोष पनि साना हुन्छन् अनि त्यस्ता पुरुषहरुको रुची सेक्समा भन्दा पनि आफ्ना बालबच्चाको खानपान, सरसफाइ तथा स्याहार सुसारमा बढि हुन्छ ।
Father and child
शोधकर्ताहरुका अनुसार बढि सानो आकारका कान हुनु पनि खतराको लक्षण हो । ठिक्क आकारका कान हुनु राम्रो हो तर निकै साना आकारको कान हुने मानिसमा कानको रोग तथा मृगौलाको रोग हुने खतरा बढि हुन्छ । त्यस्तै साना कान हुने मानिसमा अनिद्रा तथा निद्रा बिथोलिने समस्या पनि बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार हिप ठूलो हुने मानिसमा स्मरण शक्ति गुम्ने समस्या बढि हुन्छ । त्यस्तै लामा औँला हुने मानिसहरुमा प्रोस्टेट क्यान्सरका साथै डिप्रेसनको जोखिम पनि बढि हुने शोधकर्ताहरुको निष्कर्ष रहेको छ । तर माझी औँला भन्दा चोर औँला लामो हुने पुरुषमा भने यस्तो रोगको खतरा कम हुन्छ ।
शोधकर्ताहरुका अनुसार खुट्टाको बुढिऔँला बढि लामो हुने पुरुषमा खुट्टा सम्बन्धि विभिन्न रोग लाग्ने जोखिम उच्च हुन्छ । खासगरी यस्ता पुरुषमा खुट्टा झमझमाउने, दुख्ने, पोल्ने तथा विभिन्न खाले संक्रमण हुने खतरा हुन्छ । बढि लामो बुढिऔँला हुने मानिसको बुढिऔँलाको हाड हिँडडुल गर्दा खिइने वा भाँचिने जोखिम बढि हुने भएकाले यस्तो समस्या देखिने गरेको हो ।
शोधकर्ताहरुका अनुसार पिडौलाको गोलाई निकै कम हुने मानिसमा मुटुरोगको जोखिम उच्च हुन्छ । त्यस्तै खुट्टा छोटो भएका पुरुषमा मधुमेहको जोखिम बढि हुन्छ भने ठूला आँखा भएका पुरुषमा अदूरदृष्टि दोषको समस्या बढि हुन्छ । source :onliekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला