![]() |
२०७० असोज १५ गते
विश्वमा अहिलेसम्म कहीँपनि नभएको र सुन्दैमा पत्यारै नलाग्ने घटना चीनमा भएको छ । चीनमा दुइ वर्षका एक बालकको पेटबाट बच्चा निकालिएको घटनाले अहिले विश्वभर नै तरंग उत्पन्न गरिदिएको छ ।
चीनको हुआक्जीका ती बालकको पेटबाट शल्यक्रिया गरी बच्चा निकालिएको हो । जिआओ फेंग नामका ती बालकको पेट निकै बढेपछि र स्वास फेर्न समेत अप्ठेरो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा डाक्टरहरुले जब उनको एक्स रे र एमआरआइ गरे तब उनको पेटमा अविकशित अवस्थामा रहेको भ्रुण देखियो । त्यसपछि डाक्टरहरुले तत्कालै शल्यक्रिया गरी पेटमा रहेको त्यो भ्रुणलाई बाहिर निकाले ।

बालकको पेटबाट निकालिएको त्यो बच्चा २० सेन्टिमिटर लामो छ । त्यस बच्चाका हातखुट्टा तथा औँला समेत पूर्ण रुपमा विकशित भएका थिए ।
balak2
वास्तवमा पेटबाट निकालिएको त्यो बच्चा बालकले गर्भाधान गरेको बच्चा नभइ उसको जुम्ल्याहा हो । आमाको भेटमा भ्रुणावस्थामा रहँदा प्रजनन भएको अण्डा छुटि्टन नसक्दा एक भ्रुणको राम्रोसँग विकाश भयो र राम्ररी विकशित हुन नसकेको भ्रुण अर्को भ्रुणको सरीरसँग जोडिन र कालान्तरमा उसकै सरीरभित्र पर्न पुग्यो । त्यो अविकशित भ्रुण बालक जन्मिने बेलामा उसको पेटभित्रै रहन पुग्यो । यसरी एक बच्चाको सरीरभित्र पुगेको जुम्ल्याहा भ्रुणलाई परजिवी भ्रुण भन्ने गरिन्छ । यस्तो भ्रुण मासुको डल्लोको रुपमा मात्र रहन्छ र त्यसलाई सरीर बाहिर निकालेपछि बाँच्ने सम्भावना हुँदैन ।

![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला