Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, October 19, 2013

दाङमा एमाओवादीको नेता माथि गोलि प्रहार गम्भीर घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२ कात्तिक, दाङ । दाङको धमकापुरमा एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको छ । डुरुवा गाबिस ६ धमकापुर का ३८ बर्षीय चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अबस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली हानेको हो ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । आक्रमणमा परि गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली हान्ने समूहका दुई जनाको पहिचान भएको छ । उरहरी बेलगनारका जगत चौधरी र पारस हमाल गोली प्रहारमा संलग्न भएको छ । उनीहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्टवाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना पश्चात दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा प्रहरी परिचालन भएको छ । त्यस्तै शसस्त्र प्रहरी पनि नाका र हाईवेमा परिचालन गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला