Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, October 19, 2013

अहिले यतिखेर कुन कुन नेपाली कालाकार हरु युरोप भ्रमनमा छन् त हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बेल्जियम, कात्तिक १ – दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि धेरै नेपाली कलाकारहरु अहिले विदेशमा छन् ।
हाँस्य कलाकारदेखि फिल्मी कलाकार तथा विभिन्न विधाका गायक गायीका अहिले युरोप भ्रमणमा छन् । कलाकारहरु केदार घिमिरे, विल्सन विक्रम राई, गायकहरु रोज मोक्तान, दिपक बज्रचार्य र नायिका झरना थापा, कस्तो रह्यो त उनीहरुको युरोप भ्रमण ? उनीहरुकै शब्दमा :

विल्सनविक्रम राई

मलाई जन्म दिने बुबा नेपालमै हुनुहुन्छ । तर केदार घिमिरे (माग्ने बुढा) चाहिँ मेरो कर्म दिने बुबा हुनुहुन्छ । माग्ने बुढाले जन्माएको यो तक्मे बुढो आज युरोप टुरमा छ । यसरी मेरो नाम संसार भरिका नेपाली माझ परिचित गराइदिने  बाउ उहाँ नै हुनुहुन्छ । कलाकारिताको क्षेत्रमा माग्ने बुढा हुदैँनथ्यो भने तक्मेबुढोले यसरी युरोप टुरमा हिँड्ने मौकै पाउदैनथ्यो ।
युरोपको बेल्जियममा पहिलो शो गरियो । यहाँका नेपालीहरुले भरपूर मनोरञ्जन लिए । सबै खुसी हुनुभएको छ । हाम्रो यात्रा २ महिनाजतिको छ । यो समय भित्र युरोपका धेरै देशहरुमा जाने हाम्रो योजना छ ।

केदार घिमिरे

बेल्जियमको पहिलो शो निकै राम्रो भयो । दर्शकहरु निकै हाँस्नुभयो । उहाँहरु हास्नु भनेकै हामी सफल भयौँ भन्ने बुझेका छौँ । उहाँहरुको निकै माया पायौँ । रमाइलो भईरहेको छ । अर्कोतर्फ हाम्रो टिमले मेरी बास्सै आउन्जेल अर्को कुनै पनि नगर्ने भन्ने सम्झौता गरेका छौँ ।
जीवन शर्मा
यहा धेरै नेपालीहरुले १० देखि १२ घन्टासम्म काम गर्दा रहेछन, उनीहरुका सुखदुखहरुसँग मेरा गीतहरु बढी मात्रामा मेल खाएको मैले भेटे । बेल्जियम र डेनमार्कमा मैले आफ्नो प्रस्तुति देखाई सकें ।
बेल्जियमको तुलनामा डेनमार्कमा कार्यक्रम राम्रो भयो । राम्रो प्रतिक्रिया पायको छु । सिमली छायामा, फोकल्याण्डको टापुबाट, झरनाको चिसो पानी बोलका गीतहरुले धेरै नेपालीहरुको मन छोएको मैले अनुभब गरें । बेल्जियम रहेका नेपालीहरुको माया उत्तिकै रहेको छ ।

झरना थापा

पहिलो पटकको भ्रमण भएकोले एकदम उत्सुक छु । मलाई झरना थापा भन्दा पनि बाह्र हाते पटुकी गीतमा नाच्ने नायिका भनेर चिनि दिँदा धेरै खुसि लागेको छ । मा यो गीतलाई रास्ट्रिय परिचय बोकेको गीत भन्न चाहन्छु । दशैंको दिनमा पहिलो शो भएको थियो राम्रो रेस्पोन्स पाएको छु ।
पहिलो कार्यक्रमलाई हेर्दा अन्य देशरुमा पनि राम्रो हुनेछ भन्ने लागेको  छ । आफनै चलचित्र फेसबुक प्रदर्शन गर्ने मेरो योजना छ । बिदेशमा यसरी कार्यक्रम गर्दा कलाकारहरुलाई माया गर्ने आफ्नै माटोको अपनत्व पाएको छु । खुसि लागेको छ ।

दिपक बज्रचार्य

सधैं हुने भ्रमण भन्दा यो पटकको अलि फरक खालको रहेको छ्र मेरो भ्रमण । युरोप भ्रमण पहिलो हो मेरो । २ महिनाको बसाइमा सकेसम्म धेरै कार्यक्रम गर्ने योजनामा छौं । नेपालका सबै संस्कृतिक बाजाहरुको बारेमा बनाएको ‘क्राइम अफ रिदम’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गर्ने छु । यो नेपालीहरुका लागि भन्दा पनि बढी बिदेशीहरुका लागि केन्द्रित छ । अंग्रेजीमा रहेको यो डकुमेन्ट्रीले बिदेशी माझ नेपाली बाजागाजाहरुको बारेमा पूर्ण जानकारी दिनेछ । यसबाट उठेको रकम काठमाडौँमा खोल्न गईरहेको परम्परागत बाजाहरुको संग्रहालयका लागि उपयोग गरिने छ ।
युरोपको पहिलो शो प्रस्तुत गरें, नेपालीहरुले पुराना पुराना गीतहरु निकै मन पराउनुभयो । युरोपमा जहा धेरै नेपालीहरु छन्, ती देशमा रहेका नेपाली र बिदेशी माझ कार्यक्रम गर्ने हाम्रो योजना छ । जसका लागि हामीलाई नेपाली आर्टिस्ट फोरम युरोपले सहयोग गरिरहेको छ ।

रोज मोक्तान

अब हाम्रो यात्रा स्विस, डेनमार्क, स्पेन, जर्मनी, पोर्चुगललगायतका देशहरुमा रहनेछ । व्यक्तिगत रुपमा भन्नु पर्दा यो यात्रा मेरो पहिलो यात्रा हो । हामीले अहिलेसम्म गरेका कार्यक्रमहरुबाट नेपालीहरुको प्रशस्त माया पाएका छौं । म अहिलेसम्म गायन पेसामा नै समर्पित छु्र भबिष्मा नेपालमा आफ्नै स्टुडियो खोल्ने मेरो योजना छ । युरोप यात्राका सुरुवाती दिनहरु सोचे भन्दा उपलब्धिमुलक छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला