![]() |
१८ असोज, काठमाडौं । पहिलो संविधानसभा चुनावमा काठमाडौं र रौतहट दुबै क्षेत्रबाट पराजीत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं. २ का लागि नयाँ बानेश्वरमा मनोनय गर्न पुग्दा चुनाव जितेजस्तै खादा पहिरिएको अवस्था हुनुहुन्थ्यो । माधव नेपालका साथमा काठमाडौं ९ का एमालेका उम्मेद्वार कृष्णगोपल श्रेष्ठ पनि चुनाव जीतेजसरी नै खादा र अबीर लगाउनुभएको थियो । एमाले महासचिव ईश्वर पोखरेल, जीवनराम श्रेष्ठ र अन्य उम्मेद्वारहरु पनि अहिलै मंसिर ४ को परिणाम आफ्नो पक्षमा रहेको जसरी रंगिएर मनोनयनस्थलमा पुग्नुभएको थियो 
एमाओवादी अध्यक्ष प्रचण्ड नयाँ बानेश्वरस्थित निर्वाचन आयोगको मनोनयनस्थल अन्य क्षेत्रका उम्मेद्वारसहित पुग्दा फूलमाला र अबीरले पुरिनुभएको थियो । उहाँका गलामा थेगिनसक्नु माला र खादा थियो । moisyt-haru
छेउमा रहेकी छोरी एवं काठमाडौं १ की उमेद्वारको पनि गलामा विजयीको जस्तै माला र खादा थियो । त्यसैगरी कांग्रेसका नेताहरु प्रकाशमान सिंह र नविन्द्रराज जोशी पनि प्रचण्ड भन्दा कम थिएनन् । कार्यकर्ता र शुभेच्छुकहरुको शुभकामना र बधाई थाप्दै मनोनयनस्थल छिरेका उनीहरु यो पकट पनि आफूहरुको विजय पक्का रहेको बताउँदै मनानयनकै दिन जीतेजस्तो मुद्रामा देखिन्थे ।congress-1
नुवाकोटस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारीको मनोनयन गर्न कार्यकर्तासहित पुगेका कांग्रेस नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह तामाङलाई झट्ट देख्नेले उनीहरुले अहिल्यै चुनाव जितेको निकाल्ने अवस्था थियो । गलाभरि माला, खादा र निधारमा अबिर लगाएर कार्यकर्तालाई पछि लगाउँदै निर्वाचन कार्यालयमा पुग्दा उनीहरुका गलामा मालामाथि माला देख्न सकिन्थ्यो । congress-nuwakot
नुवाकोटमै उम्मेद्वारी दिएका राप्रपा नेपालका नेता प्रकाशचन्द्र लोहनी र अन्य पनि कांग्रेका नेताहरु भन्दा कम्ता थिएनन् । गलामा माला र निधारभरी अबिर रंगाएका उनीहरु अहिलै मंरिर ४ को विजयको खुसियाली मनाउ तयार जस्ता देखिन्थे । समानुपातिकमा उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रत्यक्ष तर्फ उठाइएका आफ्नो पार्टीका उम्मेद्वारसहित रंगिएर निर्वाचन कार्यालयमा भेटिनुभयो । ०६४ सालको चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालका उम्मेद्वारहरु पनि अन्य पार्टीका उम्मेद्वार जस्तै फूलमाला र अविरजात्रा गरेर निर्वाचन कार्यालयको मनोनयन दर्तास्थलमा पुग्नुभएको थियो । kamal-thapa-r
उम्मेद्वारी मनोनयनकै क्रममा ललितपुरस्थित निर्वाचन आयोगको मनोनयनस्थलमा पुगेका प्रमुख तीन दलहरु कांग्रेस, एमाओवादी र एमालेको सांस्कृति झाँकी र कार्यकर्ताको जुलुस हेर्दा मंसिर ४ विहिबारै आएको भान हुन्थ्यो । उम्मेद्वारी दर्ता गराउन पुगेका तीन ठूला पार्टीका नेताहरु पनि चुनाव जितेजस्तै शैलीमा मनोनयनस्थल पुग्नुभएको थियो ।सिन्धुपाल्चोकस्थित निर्वाचन कार्यालयको मनोनयनस्थलमा पुगेका एकीकृत माओवादीका उम्मेद्वारहरु अग्नी सापकोटा, विलबहादुर रायमाझी र सरल सहयात्रीको अवस्थाले उहाँहरु आजै विजयी भएको झल्को दिन्थ्यो ।
मनोनयन दर्तासँगै देशका कतिपय जिल्लामा अहिलेदेखि नै जितको खुसीयालीमा भोजभतेर समेत शुरु भइसकेको छ । मनोनयनमै देखिएको भड्किलो शैलीले निर्वाचनको अवस्था पनि आँकलन गर्न आमनागरिकलाई सजिलो भएको छ । मंसिर ४ पछिको जीतको खुसियाली अहिलेदेखि नै मनाउन थालेका दलीय उम्मेद्वारहरुमध्ये जनताले कतिको जमानत जफत गर्लान्, त्यो भविष्यले नै बताउने छ । संविधानसभाको प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयनका दिन विहीबार गलाभरि माला र अनुहारभरि अबीर लगाएका नेताहरु देख्दा यस्तो लाग्थ्यो, उनीहरुले अहिल्यै चुनाव जितिसकेका छन् । सयौं कार्यकर्ता अघिपछि लाएर मनोनयनस्थल पुगेका दलका ठूला नेताहरु अहिले नै चुनाव जितेजसरी हर्षबढाइँ
गरिरसकेका छन् । तर, मंसिर ४ पछि पनि यो माला र खादा रहने हो कि हैन, अहिल्यै भन्न सकिँदैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला