Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, June 11, 2013

३३ तोला सुन सहित लुटेरा पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जेष्ठ २७ - काठमाडौं-मुग्लिन सडक खण्डबाट लुटेरा हरुले ३३ तोला सुन लुटेका छन र ११ जना लुटेरालाई पक्राउ गरेको छ । २५ गत्ते फिस्लिङमा लुटेरा समुहले खुकुरी देखाएर दिउँसै यात्रुबहाक बस लुटेका थिए । काठमाडौंबाट बागलुङ बेनी तर्फ जांदै गरेको बा २ ख ३४०७ नम्बरको माईक्रोबस रोकेर ठूलो परिमाणमा सुन लुटेका थिए ।
सुन ब्यापारीले काठमाडौंबाट बागलुङ लगी दिन भन्दै चालकको जिम्मा लगाएको ३३ तोला सुन जबरजस्ती चोरेर लगेका थिए । चालकले मुग्लिन प्रहरीलाइ खबर गर्न साथ प्रहरीले घट्नास्थलमा पुगेर घेरा हाली खोज्ने क्रममा चोरीमा संलग्न ११ जना पक्राउ परेका हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक लोकबहादुर गुरुङको नेतृत्व टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
काठमाडौं महादेवस्थान गाविस २ का २४ वर्षीय सन्तोष लामाको नेतृत्व टोलीले माईक्रो बसमा सुन भएको पत्ता लगाएर गाडीको पिछा गर्दै हिंडेका थिए । उनीहरुले मौवाखोला र फिस्लिङको विच भागमा माईक्रो रोकेर सुन लुटेका हुन् । उनीहरुको साथबाट ३३ तोला सुन,२ थान खुकुरी,१ थान काठको पेस्तोल र १२ थान मोवाईल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई सोमबार सार्वजनिक गर्दै प्रहरीले चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला